अहिलेका सबैै अस्थायी मुकामलाइ नै स्थायी बनाउनुपर्छ : पूर्वमन्त्री बिश्वकर्मा

प्रकाशित मिति:

१० चैत्र, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता छबिलाल बिश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाइ स्थायी बनाउन ढिला गर्न नहुने बताएका छन् ।  रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद समेत रहेका बिश्वकर्माले अहिले कायम रहेका ७ वटै मुकामलाइ स्थायी र नामाकरण गरिहाल्नुपर्ने बताएका हुन् ।  प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ । अब यस्लाइ चर्चा र बहसको बिषय बनाउन जरुरी छैन,संसारले मानेको बुद्ध जन्मस्थल लुम्बिनी नै नामको लागि उत्तम छ,राजधानी त बुटवल माइन्डसेट भइसक्यो । उनले भने । अब यहा पूर्वाधार पनि बनिसके नाम पनि सर्बमान्य लुम्बिनी नै हो यस्मा अब धेरै घुमाउरो कुरा गर्नुपरेन । बिश्वकर्माको भनाइ छ । सरकार बिकास र समृद्धिको दिशातर्फ हिडिरहेको भन्दै उनले बिप्लवलाइ गैर राजनीतिक गतिबिधि गर्न छुट नभएको बताए ।  सरकारले नेकपालाइ प्रतिबन्ध लगाउदा स्याबास पाउनुपर्ने भन्दै उनले सरकारको निर्णय ठीक भएको बताए ।  रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेको उनले सिके राउतलाइ मूल धारको राजनीतिमा ल्याएर अखण्ड मुलुक बनाउने प्रयास गरिएको उल्लेख गरे ।