निर्मला हत्या प्रकरण : तत्कालीन डिएसपी जीसी अदालत उपस्थित

प्रकाशित मिति:

कञ्चनपुर — निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन डिएसपी अंगुर जीसी पनि अदालत उपस्थित भएका छन् । उनी साेमबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

जीसीकाेबयान लिने तयारी भइरहेकाे अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज विष्ट र डिएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छाडेकाे थियाे। एसपी विष्ट गत मंगलबार अदालत उपस्थित भएकाथिए। उनलाई आइतबार जिल्ला अदालतका न्यायाधीश डा= राजेन्द्रकुमार आचार्यकाे इजलासले यातना र कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख धराैटीमा छाड्न आदेश गरेकाे थियाे।