सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्किएर दुईजनाको मृत्यु भएको छ ।जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० मुकुन्द मरासिनीले जानकारी दिए ।
उनीहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनाका मजुदुर हुन् । उनीहरुको भान्सामा ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।ग्यास पड्किएको ठाउँमा वर्षा भइरहेको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको एसपी मरासिनीले जानकारी दिए ।












