‘विप्लव’ समूह र प्रहरीबीच दोहोरो फायरिङ

प्रकाशित मिति:

नेत्र विक्रम चन्द ‘विप्लव’ समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको छ ।प्रहरीका अनुसार अछाममा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले प्रहरीलाई फायरिङ गरेपछि प्रहरीले पनि फायरिङ गरेको हो । प्रहरीले विप्लव कार्यकर्तामाथि ७ राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन् ।

अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद लगायत चार जना पक्राउमा परेका छन् ।नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।