अम्विका पन्थ, चैत्र १३ सैनामैना -रुपन्दहीको देवदहमा मोटरसाइकलले ठक्कर दिंदा मृत्युभएकी महिलाको शवको सनाखत हुन सकेको छैन । यहि चैत्र १ गते सांझ ७ ः४० वजे रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं १० भलुहि स्थित महेन्द्र राजमार्गमा मोटरसाइकलले ठक्कर दिंदा उनको टाउको र अनुहारमा चोट लागेको थियो । घाइते भएकी महिलाको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय वुटवलले जनाएको छ । अन्दाजी ५०।५३ वर्षकी ,हल्का गोरो अनुहार , हरियो स्विटर , कालो स्विटर सुतिको साडी , रातो भेष्ट , हातमा धातुको चुरा लगाएकी उक्त महिलाको हालसम्म पनि सनाखत हुन नसकेको हुँदा निज मृतकको आफन्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । महिलाको हुलियाको आधारमा चिन्नुहुने व्यक्तिले इलाका प्रहरी कार्यालय वुटवलमा सम्पर्क गर्न अनुरोध गरिएको छ । महिलाको शव हाल लुम्विनी प्रादेशीक अस्पताल वुटवलमा राखिएको र घटनावारे अनुसन्धान भइरहेको इलाका प्रहरि कार्यालय वुटवलले जनाएको छ ।












