सप्तरीमा प्रश्नपत्र बाहिरिएको पुष्टि

प्रकाशित मिति:

काठमाडौं – सप्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस घटनाको पुष्टि गनुभएको हो ।

प्रश्नपत्र बुधबार राती ११ बजे नै बाहिरीएको भन्ने आशंका भएता पनि अहिले भर्खरै पुष्टि भएको हो । जिल्लामा छ्यापछ्याप्ती देखिएको देखिएको विज्ञान विषयको परीक्षा प्रश्नपत्र केही सक्कली र केही नक्कली भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

अहिले परीक्षा निर्वाध रुपमा सञ्चालन भइरहेता पनि परीक्षा रद्द गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्नेबारे छलफल भइरहेको छ । यस्तै प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट बाहिरयो भन्नेबारेमा पनि शुक्ष्म रुपमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।