भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि चुनावी मोर्चामा, जम्मु काश्मिरबाट प्रचार सुरु
भारत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि चुनाव प्रचार अभियान सुरु गर्दैछन्। उनको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी (भाजपा) का महासचिव राम माधवले जानकारी दिए। प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाउँप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने उनको भनाइ छ।
केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन्। ती पार्टीले बहिस्कार गरेको निर्वाचनमार्फत तल्लो तहबाट उनीहरु नेता चाहेका छैनन्, त्यसैले उनीहरुले बहिस्कार गरेका हुन्, माधवले भने। सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो। जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो। अहिले जम्मु र काश्मिरमा लोकसभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ।अप्रिल ११ बाट सुरु भई अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ।












