हिन्दु परिषद नेपालको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

प्रिन्स मिश्र,बुटवल-हिन्दु परिषद नेपालको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । सु शासन व्यावस्था जे होस, नेपाल हिन्दु राष्ट्र हुनु पर्छू भन्ने नाराका साथ खुल्ला अन्तरक्रिया कार्यक्रम विश्व हिन्दु महासंघको हालमा सम्पन्न गरिएको छ । पालपा,दाङ,बाके,कपिलवस्तु,रूपन्देहि लगायत जिल्लाहरूको कार्यक्रममा उपस्थिति रहेको जनाईएको छ ।

५ बर्षमा २५ लाख जनता जोडने र नेपाल हिन्दु राष्ट्र हुनु पर्ने मुद्दाका साथ ४० जिल्लामा हिन्दु परिषद नेपालको जिल्ला कार्य समिति गठन भई सकेको हिन्दु परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले बताएका छन ।