ओली-प्रचण्डको नेकपालाइ नाम फेर्ने मोहन बैद्यको आग्रह

प्रकाशित मिति:

बुटवल -नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले बर्तमान सरकार बाट बिकास र समृद्धि सम्भब नभएको दाबि गरेका छन् । ‘भाषण र शब्दजालले मात्रै सम्बृद्धिआउदैन,सरकारका गतिबिधिले संबृद्धिको लक्षण र संभाबना नदेखाएन’उनले भने ।शनिबार बिहान बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कारमा बोल्दै महासचिब बैधले प्रधानमन्त्री ओली—प्रचण्डदेखि बिप्लवसम्मको कडा आलोचना गरे । अहिलेको नाम मात्रको कम्युनिष्ट भनिएको सरकारले कम्युनिष्ट पार्टी कै बदनाम गरेको उनको आरोप छ ।

सरकारले क्रान्तिकारीहरुलाइ दमनको प्रकृया अगाडी बढाएको भन्दै उनले आपत्ती जनाए । प्रधानमन्त्रीले शब्द शैयामा सुतेर समृद्धिको नारा दिएको भन्दै उनले अहिले लगानी सम्मेलनमा प्रधानमन्त्री नंया शब्द ल्याएको बताए ।प्रधानमन्त्रीले आफ्नो कुरा मात्रै गर्नुहुन्छ कुरामा गर्ने हो भने उंहाले नेपालमा बिकास कहा पुर्याउनुभयो,पानीजहाज,रेलगाडी कुदाइसक्नु भो ,अहिले लगानी सम्मेलनमा नया शब्द ल्याउनुभाछ ,भर्जिन ल्याण्ड (कुमारी भूमि) मा लगानी देशका मान्छेले गर्ने हो की बिदेशीले प्रतिप्रश्न गर्दै ब्यङ्ग गरे ।
नेपालको प्रगतिका लागि प्राथमिकता स्वदेशी लगानीलाइ दिनुपर्ने भन्दै उनले बिदेशीलाइ मात्रै बोलाएर बिकास र समृद्धि नहुने प्रष्ट पारे ।नेपालमा बिकास र समृद्धिका लागि बिरोधका स्वरहरुलाइ सरकारले समाधान गर्नुपर्ने उनको सुझाब छ ।

सत्तारुढ नेकपालाइ नाम फेर्न समेत उनले आग्रह गरे । ‘आफ्नो बिचार,सिद्धान्त छोडेर हिडेर सत्तास्वार्थमा अल्झिने,अन्य पार्टीका जस्तै गतिबिधि गर्ने भएपछि किन नेकपा नाम राख्ने,सोसियल डेमोक्रेटिक पार्टी राख्नुस् भनेर भन्नुस्’ ।सरकार दुइतिहाइको दम्भ बोकेर तानाशाही बाटोमा हिडेको आरोप उनले दाहोर्याए । सरकारले गरेका पछिल्ला ३ वटा घटनाले त्यसलाइ पुष्टि गरेको उनको दाबि छ । रेशम चौधरी,सिके राउत र नेकपा बिप्लव प्रकरण गरि तिनवटा घटनामा सरकारको स्पष्ट जवाफ मागे । सिके राउतसंग अचानक सहमति गर्ने,रेशम चौधरीलाइ भने जेल हाल्ने अनि बिप्लवलाइ प्रतिबन्ध लगाउनु गलत काम भएको उनले बताए । देशको राष्ट्रिय सार्बभौमसत्ता झन् संकटमा परेको भन्दै उनले सरकार कुनै कुरामा गम्भिर नभएको गुनासो गरे ।दुइतिहाइ दम्ब बोकेको यो सरकार फासिबादमा प्रबेश गरेको उनको दाबि छ ।देशमा भ्रष्टाचार बढ्दो छ ,जनतन्त्रको मुद्धा संकटमा छन्,राष्ट्रियता हराएको भन्दै सबै गम्भिर हुनुपर्ने बताए ।एउटा बिकल्प क्रान्तिकारी परिवर्तन हो,आमुल परिवर्तन गरेर नया ढंगले अघि बढ्ने यदी यो दिशा कमजोर भए अर्काे पुर्नउत्थान हो ,हामीले त बैकल्पिक शक्ति तयार पारेर देश क्रान्तिकारी परिवर्तन गरेर देश अगाडि बढाउने हो ।’बिप्लव लगायतका पार्टी संग एकताको कुरा के हो भन्ने प्रश्नमा उनले पहिले पार्टी एकता सफल नभएको र अहिले कुनै तयारी नभएको भन्दै तत्काल त्यो सम्भब नभएको बताए । क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा तथा प्रदेश सदस्य कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा उनले देशमा परिबर्तन हुन नसकेको बताए ,राष्ट्रियता,जनतन्त्र र जनजीबिकाका लागि फेरि एउटा संघर्ष हुने बताए ।एउटा नया जनबादी क्रान्तिबाट जनबादको बाटोमा हिड्नुपर्ने उनको तर्क छ ।