काठमाण्डाै-केरुङ र काठमाण्डाै-रक्सौल रेलमार्गको डीपीआर एक वर्षभित्र पूरा हुन्छ : मन्त्री महासेठ
काठमाण्डाै – भौतिक पूर्वाधारको तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाण्डाै-केरुङ र काठमाण्डाै-रक्सौल रेलमार्गको डीपीआर एक वर्षभित्र पूरा गर्ने बताउनुभएको छ । लगानी सम्मलेनमा पूर्वाधार सत्रलाई सम्बोधन गर्दै मन्त्री महासेठले पूर्व सम्भाव्यता अध्ययन भैसकेको जानकारी दिंदै रेल यातायात सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
काठमाण्डाै-केरुङ रेलमार्गको प्रारम्भिक लगानी ३ खर्ब लाग्ने अनुमान गरिएको भन्दै उहाँले यसको लागि छिमेकी देशसँग सहकार्य गर्ने बताउनुभयो । लगानी सम्मेलनमा चीन, दुबइ, भारत लगायातका देशका लगानीकर्ताले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको चासो देखाएका छन ।












