सुनिताको ‘रातको सपना’ युट्युव मार्फत सार्वजनिक

प्रकाशित मिति:

अमेरीका ,केपी भट्ट । सुनिताको ‘रातको सपना’ युट्युव मार्फत सार्वजनिक भएको छ । अहिलेको बहुचर्चित गीतएल्वम पंचाम्रितका संगीतकार सुनिल मास्केको संगीत,मेघा फिल्मकि गायिका वानिका प्रधानको स्वर, प्रदिप श्रेष्ठको एरेन्जम्न्टमा तयार भएको गीत नेपालको विभिन्न एफ् एम् बाट गत महिना देखि प्रसारित भए पनि युट्युवमा भने भरखरै उपलब्ध भएको हो। कुनै पनि सम्वन्ध टुटेर गए पनि सद्भाव र कामना सहित छुट्न सकिन्छ भन्ने मुल सन्देश यो गीतमा रहेको छ । दशकभन्दा बढि प्रवासमा वसेर पनि नेपाली साहित्यमा विभिन्न विधामा कलम चलाउने गीतकारको अन्य गीतहरु पनि रेकर्डिंग हुने अवश्थामा छन्। कविता, मुक्तक र निवन्धहरुको मार्फत सामाजिक विसंगति एवं विभेदलाई ऐना देखाउने उदेश्य लिएर अगाडि वढेकि लेखिकाका ‘मेरो रजश्वला’, ‘दुर्गा’, ‘गर्भ रुन्छ’ कविताहरु अनि ‘विदेशिएको म’, ‘स्वस्थानीकि गोमा र वाल यौन सोषण’निवन्ध निकै रुचाइएको थियो। नर्सिंग पेशामा आवद्द लेखिकाको उत्सव कुमार वुढाथोकीको संगीतमा वनेको ‘सात जुनी त देखेको छैन’ बोलको गीत बहुचर्चित नाटक ‘रुपाक्री’मा गत महिना सर्वनाम थियटरमा मंचन भएको थियो।स्वदेशबाट भौतिकरुपमा टाढा रहे पनि कलमको माध्यमबाट सामाजिक परिवेश र स्वास्थयको क्षेत्रमा जनचेतना जगाउने उदेश्य रहेको लेखिकाको धारणा छ। भिडीयो सहीत