नारुन्तुदः स्यान्न नृशंसवादी न हीनतः परमभ्याददीत ।
ययास्य वाचा पर उद्विजेत न तां वदेदुषतीं पापलोक्याम् ।। –हितोपदेश
अरुलाई चोट पुग्ने काम गर्नुहुँदैन । निन्दित कार्य गरेर अरुलाई वशमा लिनु पनि पाप हो । अरुलई कष्ट पुग्नेखालको काम पनि सदा त्याज्य हुन्छन् ।
सधैँ सबैको भलो होस् भन्ने मनमा चिताउनु पर्दछ । अरुको हानिहुने कार्य निन्दित हो । जसले पाप बढाउँछ । यसैगरी शास्त्रले निन्दा गरेका कुरा पनि गर्नु हुँदैन । सत्य बोल्नु पर्छ, आफ्नो धर्मको पालन गर्नुपर्छ । खान र गर्नु हुन्न भनेका कुरा त्याग्नु पर्छ । अरुलाई कष्टदिने कार्य पनि गर्नुहुँदैन भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–












