श्रीमती र साडु दाई मिलेर फिरोजको हत्या भएको खुलासा ….

प्रकाशित मिति:

बुटवल –  बुटवलको मैनाबगरमा भारतीय नागरिक फिरोज खानको गोली हानी भएको हत्यामा एक भारतीय नागरिकसंगै मृतककै श्रीमतीकै संलग्नता खुलेको छ । ४३ वर्षिय खानको हत्यामा ३० वर्षिया श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले पत्रकार सम्मेलन गरेर जानकारी गराए अनुसार खानको हत्यामा संलग्न अन्सारी भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारणका हुन् । फिरोजको बुटवल १ गढिटोलस्थिल आफ्नै डेरा अगाडि गोली हानेर हत्या भएको थियो । खातुनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ भने अन्सारीलाई पक्राउ गर्न समय लाग्ने डीएसपी मल्लले बताए । लम्जुङका पाण्डेको तिनाउ बगरमा हत्या

यसैबीच लम्जुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलका हरिबहादुर पाण्डेको बुटवलमा हत्या भएको खुलेको छ । ३० वर्षिय पाण्डेको बुटवल ११ बुद्धनगर मजुवा र बिनापातेको बीचमा तिनाउ खोला बगरको झाडीमा हत्या भएको खुलेको प्रहरीले जानकारी दिएको छ । निज पाण्डेलाई कास्की पोखरा–३० डुंडाकोमुखका ९ जना मिलेर हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ले जानकारी दिए ।