प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको मन्त्रि बरालको भनाई

प्रकाशित मिति:

बुटवल -प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुर्दशन बरालले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको भन्दै प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने बताएका छन् ।

उनले प्रदेश सरकार हरेक स्थानिय तहमा एउटा प्राविधिक विद्यालयको अवधारणाका साथ अगाडी बढीरहेको भन्दै उक्त कार्यमा स्थानिय तह, नीजी विद्यालयहरु तथा सबैले साथ दिनुपर्ने बताए ।प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् प्रदेश नम्बर ५ को कार्यालय बुटवल–१२ नयाँ गाउँमा उद्घाटन गर्दै मन्त्री बरालले शिक्षा सबैको पहुँचमा पु¥याउने अभियानमा प्रदेश सरकार लागिपरेको बताएका हुन ।

उनले सिप सिकेर मात्र नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै सोही अनुसारको सिटिईभिटीले पनि शिक्षा प्रदान गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले मानिसलाई व्यवसायीक रुपमा बलियो आत्मनिर्भर बनाउनको लागि प्राविधिक शिक्षाको नै मुख्य आधारशिला भएको बताएका थिए । उनले सबैको साथ र सहयोग भएमा प्रदेश ५ मा प्राविधिक शिक्षामा दरिलो खम्बाको रुपमा अगाडी बढ्ने समेत बताएका थिए ।प्रदेश नम्बर ५ सामाविक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद ज्ञवालीले प्राविधिक धारको शिक्षा आवश्यक रहेको धरणा राखेका थिए । कार्यक्रममा सिटिईभिटी प्रदेश ५ का निर्देशक अरविन्द्र कुमार चौधरीले सबैले शिक्षा पाउनुपर्ने सरकारी नीति अनुसार नै विभिन्न कार्यसम्पादन गर्नको लागि कार्यलय स्थापना गरिएको बताएका थिए ।उनले अहिलेको शिक्षा प्राविधिक शिक्षा नै भएको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका हुन ।