हावाहुरी पिडितलाई तरुणदलको तर्फबाट सहयोगको घोसणा

प्रकाशित मिति:

काठमाडौँ -नेपाल तरुण दलले हावाहुरीबाट प्रभावित प्रत्येक परिवारलाई दश हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । हावाहुरी प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि तरुण दल अध्यक्ष जीतजंग बस्नेतले राहतको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस पार्टी कार्यालय बारामा आयोजित कार्यक्रममा उनले तरुण दल केन्द्रीय समितिकातर्फबाट प्रभावित प्रत्येक परिवारलाई दश हजार नगर र निशुल्क उपचारका लागि पहल गर्ने घोषणा गरे । ‘यतिबेला देश नै एक भएर पीडित परिवारको घाउमा मल्हम लगाउन आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ’, तरुण दल अध्यक्ष बस्नेतले भने, घाइतेहरुको उपचारका लागि तरुण दलले सहयोग गर्छ ।’उनले बारा र पर्साका तरुण दलका नेता कार्यकर्तालाई प्रभावित क्षेत्रमा राहत वितरण र अस्थायी टहरा निर्माणमा सहयोग गर्न पनि निर्देशन दिए । उनी राहतसहित प्रभावित क्षेत्रमा पुगेका थिए । तरुण दलले प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा वितरण गरेको थियो ।यसअघि नेकपा अध्यक्ष प्रचण्डले हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।