सुरज घिमिरेअर्घाखाँची-अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा जीप दुर्घटना भएको छ । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागी छुटेको गाडी दिउँसो करिब पौने दुई बजे दुर्घटना भएको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताए ।
लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुदाँ घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यू भएको छ ।घाईते ९ जनालाई बुटबल रिफर गरिएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा बाहिर रहेको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए । गाडी दुर्घटना भएको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












