वंसजको नागरिकता दिने कार्य घातकः चित्रबहादुर

प्रकाशित मिति:

बुटवल -राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृत नागरिकलाई वंसजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघातीभएको बताएकाछन् ।संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले सिडियो मार्फत विदेशीलाई नागरिकताबाड्ने काम गरेको आरोप लगाए ।विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, सेनापति बनाउने गरी अंकृत नागरिकलाई जन्मको आधारमानागरिकताबाड्ने षडेयन्त्रमाबिरुद्वजनतालाई संगठित गरी खवरदारी गर्नुपर्ने बताए

अखिल नेपालशिक्षक संघको सोमबार बुटवलमाआयोजित पांचौ राष्ट्रिय परिषद् उद्घाटक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले छलफलको लागि संसदमा रहेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताए ।अहिले संसदमा रहेको नागरिकता विधेयक खारेज गर्न नसकिए नेपालमा विदेशीको बहुमत हुने र नेपाली जनता अल्पमतमा पर्ने अध्यक्ष केसीको दावी छ ।
नागरिकताको विषयमा सरकार विदेशीबाट प्रभावितभएको उल्लेख गर्दै अंगिकृत नागरिकलाई वंसजको नागरिकता दिने गरी संसदमा रहेको विधेयकपास भएमा देश हेर्दाहेर्दै फिजि, सिक्किम हुनेखतरा रहेको बताए । नागरिकता बाड्नकालागि सरकारले क्याविनेट बाटनिर्णय गरेर सिडियोलाई सर्कुलर पठाएको उल्लेख गर्दै जो पायो त्यसैलाई नागरिकता दिंदाभोली देश संकटमा पर्ने अध्यक्ष केसीको तर्क छ ।

सरकारको गलत कामले नेपाली भोलीअल्पमतमा पर्ने भएकाले सचेत रहन आग्रहगर्दै चर्चामा आउनआफुले यस्तो कुरा नगरेको बताए । अंगिकृत नागरिकतापाएकालाई वंसजको नागरिकतादिने कार्य देशको लागिघातकहुने बताए ।हतारमागल्ती गरेर फुर्सदमापछुताउने कामनर्गन सरकारलाई आग्रहगर्दै कम्युनिष्टको नाममा कलंकति हुने काम नर्गन समेत अध्यक्ष केसीले सरकारलाई आग्रह गरेकाछन् ।कम्युनिष्टकोनाममा सरकारमा बसेका साथिहरुको काम, व्यवहारले आफुहरुलाई लज्जितबनाएको बताउंदै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता कमजोर बनेको बताए ।गणतन्त्रको नाममा सरकारमाबस्नेहरुले जनतालाई केन्द्रमा राखेर कामगर्न नसकेको बताउंदै कम्युनिष्टको नाममा बनेको सरकारले जनताकाआधारभूत समस्या पनिहल गर्न नसकेको बताए ।शुरुदेखि संघीयताको विपक्षमा रहेका नेता केसीले नेपाललाई टुक्राउने र अस्तित्व नै मेटाउने गरी संघीयताभित्रिएको बताए ।उनले केन्द्र र स्थानीयतहलाई स्थापित गरेर प्रदेशलाई खारेज गर्नुपर्ने बताए ।अध्यक्ष केसीले शिक्षामाभएको निजीकरणले देशको शैक्षिक जनशक्ति विदेश पलायनहुने गरेको बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले पद, प्रतिष्ठा र पैसा कमाउनकालागि राजनीतिक नेतृत्व हावी हुंदै गएकाले राजनीतिक दल र नेताप्रति जनताको विश्वास घट्दै गएको बताए । राजनीतिलाई उद्योग बनाउननहुने र राजनीतिगर्ने नेताहरुले जनतालाई सेवातथाअधिकार दिनुपर्ने बताउंदै अध्यक्ष केसीले भने, स्वार्थ भन्दामाथिउठेर राजनीतिगरेकालाई मात्रजनताले ढिलो भएपनिबुझ्ने छन् ।वर्तमान शिक्षा प्रणाली गलत भएकाले खरज गरी नयां शिक्षाप्रणालीबनाउनुको विकल्पनभएको बताए । उनले शिक्षाप्रणालीगलतभएकै कारण देशमा शैक्षिक बेरोजगार बढेको दावी गरे ।शिक्षाप्रणाली स्वार्थी र मतलवीभएकाले खारेज गर्नुपर्ने बताउंदै सिमितमान्छेले शिक्षा, स्वास्थ्यमाब्रमाहलुट गरेको आरोप लगाए ।कार्यक्रममा शिक्षक संघका केन्द्रीयअध्यक्ष सानुभाई कार्की, पूर्व अध्यक्ष नरेन्द्रबहादुर थापा, नेपाल शिक्षकमहासंघका उपमहासचि वतारा बेल्बासे, अखिल नेपालशिक्षक संगठन केन्द्रीयअध्यक्ष घनश्यामपाठक, अखिल नेपाल शिक्षक संगठनएकी कृतकावरिष्ठ उपाध्यक्षऋ षिरामचापागाई, अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्षचन्द्र बहादुर केसी, अखिल नेपालबुद्धि जीवी संघका केन्द्रीय सल्लाहाकार दुर्गा खरेल, राष्ट्रियजनमोर्चा रुपन्देही अध्यक्षबद्रे आलम, अनेरास्ववियू छैठौंका केन्द्रीयउपाध्यक्ष देवेन्द्र कुंवर लगायतले बोल्दै शिक्षा क्षेत्रमाआमूल परिवर्तन गर्न आवश्यक रहेको बताए । उनीहरुले देशमा शैक्षिक जनशक्ति बेरोजगार बन्दै गएकाले व्यवहारिक तथा वैज्ञानिक शिक्षाप्रणाली ल्याउनु पर्नेमाजोड दिए । सानुभाई कार्कीको अध्यक्षता र महासचिव चतक्रपाणी पौडेलको सञ्चालनमा कार्यक्रमभएको थियो ।