बिधुुत चुुहावटमा ग्रीड महाशाखाको जोड

प्रकाशित मिति:

मिलन गाहा बुुटवल-नेपाल बिधुुत प्राधीकरण बुुटवल ग्रीड महाशाखाले बिधुुतीय सुुरक्षा दिबशका अबशरमा बिभीन्न बिधुुतीय सुुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ। नेपाल बिधुुत प्राधीकरणले चुुहावट नियन्त्रण गर्नलाई निशुुल्क मिटर बितरण गरी बिधुुत चुुहावटलाई ब्यबस्थीत गर्न लागेका बेलामा बुुटवल ग्रिड महाशाखाले एक कार्यम्रमको आयोजना गरी बिधुुत चुुहावटलाई न्युुनीकरण गर्ने प्रयासको थालनी गरेको छ।

ग्रिड महाशाखाले बिधुुतीय सुुरक्षा,चुुहावट नियन्त्रण र किफायती उपयोग,बिकाश र सम्बृद्धीको लागी भन्ने मुुल नाराको साथमा बिधुुतीय सुुरक्षा दिबश सम्पन्न गरेको छ। सुुरक्षा दिबशका अबसरमा कर्मचारी बिचमा अन्तकृया समेत सम्पन्न गरेको हो। नेपाल बिधुुत प्राधीकरणको तथ्यांक अनुुशार बिगत ७ बर्ष यता ११८ जाना भन्दा बढी कर्मचारीले ज्यान गुुमाउनुु परेको तथा बिधुुत चुुहावट १५ प्रतीशत रहेको अबस्थामा यि सबै सुुरक्षा र चुुहावट नियन्त्रणका बिषयमा छलफल भएको थियो। कार्यक्रममा बुुटवल ग्रीड महाशाखाका प्रमुुख श्रीराम पोख्रेलले जनताको सेवामा कुुनै कसर बाकी नराख्न र बिधुुतीय सुुरक्षा अपनाउन पर्ने भन्दै आफ्ना कर्मचारीलाई कामको शिलसिलामा सतर्क रहन आग्रह गर्नुुभयो। कार्यक्रममा नेपाल बिधुुत प्राधीकरण कर्मचारी युुनीयन प्रदेश ५ का सचीब टेक बुुढा लेखापाल प्रकाश भुुसाल लगायतले बिधुुतीय सुुरक्षा सम्बन्धी आफ्ना भनाई राख्नुुभएको थियो। आज देशैभरका बिधुुत कार्यालयहरुमा बिधुुतीय सुुरक्षा दिबश मनाईएको थियो।