घरधनीसहित ६ जना जुवाडे पक्राउ

प्रकाशित मिति:

भैरहवा-प्रहरीले भैरहवाबाट ६ जना जुवाडेलाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं १२ स्थित प्रानेश कुमार चौधरीको घरमा जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित जुवातास खेलेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिद्धार्थनगर १२ का प्रानेशकुमार चौधरी तथा रुपन्देहीको मायादेवी गाउंपालिका ८ का अमृत बि.क, पुरुषोत्तम रेग्मी,अर्जुन सुनार,रामेश्वर कोइरी र यमबहादुर कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले उनीहरुलाई करिब ९० हजार रुपैयांसहित पक्राउ गरेको हो । जुवा खाल तथा निजहरुको साथबाट ८८ हजार २ सय ६० र भा.रू. ८ सय ४०, तास ३ सय १२ पत्ती, कौडा ४ थान तथा रजिष्टर ३ थान बरामद गरी अदालतबाट १० दिनको म्याद थप लिइ अनुसन्धान थालिएको छ ।