सुदिप गौतम-बुटवल नेपाली समाजमा बिसेष गरि “गंगाजी”लाई पबित्र रुपमा मानिन्छ, जसको स्नान गरे मात्र पनि पवित्र बनिन्छ भन्ने जन बिस्वास रही आएको छ।यहि पवित्र कुरालाई आफ्नो शब्द संगीत र स्वर मार्फत आफ्नो जीवन साथि पनि पवित्र गंगाजी हो भन्ने संदेश गायक हेमन्तले गित मार्फत दीएका छन
उसो त् गायक शर्मा आधुनिक गितमा पनि मौलिक लोकपन बोकेको गित बनाउन माहिर मानिन्छन।उनका हरेक गित लोक पन बोकेको पाइन्छ। यो गितमा एउटा गर्भबती श्रीमति जसलाई नृत्यमा अत्यान्त रुचि हुन्छ र श्रीमानले उक्त अवस्थामा गरेको प्रेम र सहयोग गरेको देख्न सकिन्छ।गितको अन्त्यको दृश्यले सबैको मन भाबुक बनाउनेछ। गितमा शब्द संगीत स्वर गायक हेमन्त शर्मा को रहेको छ भने एरेन्ज मिक्सिङ्ग बरिष्ट साउण्ड ईन्जिनियर श्याम स्व्येत रसाईलीले गरेका छन भने सारंगी धर्म गन्दर्बले गरेका छन। यो गित पछिल्लो समयमा युटुब को उत्कृस्ट ६ नम्बर मा पर्न सफल भएको छ। सबलपोस्ट अँनलाईन को तर्फबाट गायक हेमन्त शर्मा लगायत सबैलाई बधाई।
गितमा राहुल शाह र अलिसा शर्माको दमदार अभिनय रहेको छ। गितमा कोरियोग्राफी कथा तथा निर्देशन अनि अभिनय राहुल आफैले गरेका छन। भने छायांकन पवन सुस्लिङ्ग ले गरेका छन।मेक अप कलाकारको रुपमा सपना लम्साल रहेकी छन। गितलाइ भाईभ एण्ड वेब को आधिकारिक युटुब च्यानल देखि रिलिज गरिएको हो ।गितको सफलताको शुभकामना ।गायक शर्माका जाले रुमाल, माया त् यस्तो होस्, आउदै गर मालती, मूल हौ भने लगायत धेरै गितहरु निकै चर्चित छन। हेरौ गंगाजी गित
,









