नरेश चौधरी मुर्गिया २७ चैत्र । ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टिको शिद्धान्तमा रहि समाज निर्माणका काम गर्नु पर्ने नेपाली कांग्रेसका प्रभावशालि नेता भरत कुमार शाहले आज एक कार्यक्रममा बताउनु भएको छ । समाज विकास तथा रुपनतरण गर्ने जिम्मा लिएर बसेका ब्यक्तिहरु एक ढिक्का भएर सकरात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने बताउदै सम्पुर्ण कांग्रेसमा अस्थावानहरुले पार्टिलाई मजबुत बनाउने कार्यमा गुटउपागुटको मनसाय त्यागेर पार्टि र देशको हितमा लाग्नु पर्ने कुरा बताउनु भयो । नेपाली कांग्रेस सैनामैनाको तेस्रो नगर सभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले गल्ती गर्ने जो कसैलाई पनि कारबाही गर्ने बताउदै सरकारमा बसेर आर्थिक अनियमितता गर्ने कसैलाई छुट नभएको बताउदै छानविन गरेर कारबाहि गर्ने उँहाले बताउँनु भएको हो । अलिहेको कम्युनिष्ट सरकारले जनविरोधी काम गरेको छ , मनपरी कर बढाएर जनताको ढाडसेक्ने काम गरेको छ , वाईड वोडि विमाना भ्रष्टचार काण्डमा भ्रष्टचार गरेको छ , ३३ किलो सुन काण्ड लगाएत अर्वौ भरष्टाचार गर्नेहरुलाई नङ्गाएरै छड्ने उहांले बताउनुभयो । तनासहि बन्दै गएको कम्युनिष्ट सरकारले देशलाई समृद्धि तर्फ लानै नसक्ने नेता शाहले दाबी गर्नु भयो । नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले बर्तमान सरकारले संविधानको धज्जी उडाएको बताउनुभयो ।
पुर्व राज्य मन्त्री समेत रहनुभएका रज्जाकले जनताको मर्म अनुसार काम नगरी अनैतिक क्रियाकलाप तर्फ सरकार अघि बढको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार जनउत्तरदायि नभएको ,उखान टुक्काको भरमा देश चलेको बताउँनु भयो । युवा नेता विष्णु पोख्रेलले कम्युनिष्ट सरकारले सबै ठाउँमा हस्तक्षेप गर्दा जनताले दुःख पाएको बताउँनुभयो । नेपाली कांग्रेस क्षेत्र नम्बर २का सभापति हरिलम्साल, जिल्ला सभापति फडेन्द्र प्रसाद शर्मा, जिल्ला सचिब रामकृष्ण खाँण, महिला नेतृ लक्ष्मि चौधरी, वडा ३ का सभापति हरिहर पर्छाई, विपि विचार जिल्ला उपसभापति शारदा गौतम, सैनामैना नगर सल्लाकार कृष्ण प्रसाद पोखरेल, सैनामैना ट्रेड युनियनका सभापति तथा सैनामैना नगर सल्लाकार चित्र बहादुर के।सी, जिल्ला सदस्य बासुदेव रिजाल, लगाएतले कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यक्रताहरु विगतमा भए गरेका गल्तिहरुलाई सच्चाउदै पर्टिलाई मजबुत पार्दै जानुपर्ने र प्रतिपक्षको भुमिका ससक्ता ढंगले खेल्नु पर्ने बताएका थिए । नगर सभापति रामप्रसाद अधिकारीले कार्यपत्र तथा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कांग्रेसका भातृ संघ, सुभेच्छुक संघका सभापति, प्रेस युनियका पत्रकारहरुलाई नगर सभामा सम्मान गरिएको थियो ।












