दु:खद खबर : गुल्मी सवारी दुर्घटनामा पुर्व सांसद भण्डारीको मृत्‍यु !

प्रकाशित मिति:

टोपलाल अर्याल / गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीको मृत्यु भएको छ । नेटाबाट तम्घास जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप केहिबेर अघि दुर्घटनामा परेको थियो ।

दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्तुका भण्डारी सहित मालिका गाउँपालिका १ नेटाका ओसर विकको मृत्यु भएको घटनास्थल पुगेका पौदी अमराई प्रहरीचौकीका हवल्दार सन्तोष कुमार चौधरीले बताए । दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते सवैलाई गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।