प्रस्तावित शिक्षा ऐनले शिक्षा क्षेत्रका समस्या समाधान गर्ने सांसद पौडेलको दावि

प्रकाशित मिति:

कमल पौडेल,बडिगाड, बागलुङ बागलुङ क्षेत्र नं. २ का संघिय सांसद देवेन्द्र पौडेलले प्रस्तावित शिक्षा ऐनले शिक्षा क्षेत्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रममा वोल्दै सो कुरा वताउनु भएको हो।

सांसद पौडेलले विद्यार्थीहरुलाई कोहि पनि असफल नहुने ढाडस दिँदै निष्ठावान् हुनुपर्ने वताउनु भएको छ। अव राजनैतिक आन्दोलन सकिएको भन्दै सवैको लक्ष्य विकास, सम्वृद्धि र सुसासन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बडिगाड गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण रेग्मी, वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष हिमा खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यालयको वारेमा जानकारी दिनुभएको थियो।

कार्यक्रममा अंग्रेजी माध्ययम तर्फ कक्षा नर्सरी देखि कक्षा ३ सम्ममा जयन थापा प्रथम, खुसि शेरचन द्धितिय, मलिक घर्ति तृतिय, कक्षा ४ देखि ९ सम्ममा आर्सिवाद घर्ति प्रथम, आयुस्मा वन द्धितिय र पायल घर्ति तृतिय भएका छन्। त्यस्तै नेपाली माध्यम तर्फ थमलाल वन प्रथम, सोनिया भुसाल द्धितिय र विमला कार्कि तृतिय भएका छन्। प्रत्येक कक्षामा प्रथम, द्धितिय, तृतिय तथा विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो। कार्यक्रम विद्यालय व्यावस्थापन समितिका सदस्य दुर्गा अर्यालको अध्यक्षता, सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो। विद्यालयले कक्षा नर्सरी देखिनै अंग्रेजी तथा नेपाली माध्ययममा साधारण धार तथा कक्षा ९ देखि १२ सम्म प्राविधिक धार तर्फ कृषि वालि विज्ञानमा कक्षा संचालन गर्दै आएको छ। १ हजार भन्दा धेरै विद्यार्थीहरु भएको विद्यालय प्राथमिक तहमा मात्रै स्थायी दरवन्दी रहेको छ। विद्यालयले भर्ना खुलेको भन्दै बैसाख ३ गते देखि नै कक्षा सञ्चालन गर्ने, प्राविधिक धार तर्फ बैसाख ६ गते प्रवेश परीक्षा संचालन गर्ने बताएको छ।