नव वर्षारम्भको अवसरमा पुस्तक तथा क्यालेण्डर विमोचन

प्रकाशित मिति:

रुपन्देही-नव वर्षारम्भ २०७६ को पूर्व सन्ध्यामा रुपन्देहीको पुरानो साहित्यिक संस्था सिद्धार्थ साहित्य परिषद् द्वारा प्रकाशित पद चिन्ह (समालोचना अंक) र नेपाल शैक्षिक तालिम केन्द्र प्रालि द्वारा प्रकाशित २०७६ सालको भित्तेपात्रोको विमोचन भएको छ ।

आज भैरहवाको रुपन्देही क्याम्पसमा सिद्धार्थ साहित्य परिषद्ले उक्त कार्यक्रमको आयोजना गरेको थियो । विमोचन कार्यक्रमा बोल्ने वक्ताहरुले २०७६ सालले सम्पूर्ण नेपालीमा सुख शान्तिको कामना गर्नुका साथै देशको नेतृत्व गर्ने नेतृत्वकर्तामा सद्बुद्धिको विकास भई समुन्न नेपाल बनाउने तर्फ ध्यान केन्द्रित हुने शक्ति बढ्ने कुरा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाल शैक्षिक तालिम केन्द्र प्रा.लि. का अध्यक्ष बिन्दु खराल, प्राज्ञ बूँद राना, साहित्यकार माधब प्रसाद पन्थी, रुद्र शर्मा, गंगा लिगल, श्रीचन्द्र मिश्र, कुलानन्द ज्ञवाली, मोतीलाल सुवेदी, महेश भूर्तेल, शशी पन्थी लगायतले मन्तव्य राखेका थिए ।उक्त कार्यक्रम संस्थाका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, भैरहवा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी प्रमुख शान्ति दिदीको प्रमुख आतिथ्यता, साहित्यकार सीता काफ्लेको स्वागत मन्तव्य र संस्थाका सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।