केही दिनदेखि गर्मीबढेसँगै जनजिवन प्भावित

प्रकाशित मिति:

रुपन्देही-केही दिनदेखि गर्मीबढेसँगै जनजिवन प्भावित भएको छ । फागुनमै गर्मिशुरु हुने बुटवल आसपासमा यस पटक भने निकै ठिलो मात्र गर्मि शुरु भएको हो । एक्कसी गर्मि बढेपछि सर्बसाधारणहरुको दैनिकै नै अस्तव्यस्त बनेको छ ।

सोमबार रुपन्देहीको अधिकतम तापक्रम ३६ डिग्रिसेन्टीग्रेट रहेको छ । खासगरि दिउसोको समयमा गर्मि ज्यादै बढेको हो । गर्मिवाट बच्नका लागि सार्वसाधारणहरुले चिसो पेय पदार्थ अत्याधिक पिउने गरेका छन् । चिसो पानी , वरफ त्यसैगरि चिसो पेय पदार्थको विक्रि समेत निकै बढेको छ । गर्मिका कारण वालवालिका र बृद्धबृद्धाहरु वढि प्रभावित भएका छन् । गर्मिसंगै बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ ।गर्मीले सुरुमै रुघाखोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, कमलपित्त र भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।मौसम पुर्वाअनुमान महासाखाका अनुआर गर्मिको मौसम अझै केहि दिन वढ्ने देखिएको छ । त्यसैले अत्याआवस्यक काम वाहके चर्को घाममा खुला आकाशमा यात्रा नगर्न चिकित्सकहरुको सुझाव रहेको छ।