राष्ट्रिय खोप कार्यक्रमलाइ प्रभाबकारी बनाउन सबै स्वास्थ्यकर्मी नै गम्भिर बन्नुपर्र्ने सरोकारवाला को भनाई
बुटवल-राष्ट्रिय खोप कार्यक्रमलाइ प्रभाबकारी बनाउन सबै स्वास्थ्यकर्मी नै गम्भिर बन्नुपर्र्ने एक कार्यक्रममा औंल्याइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले बुटवलमा शुरु गरेको खोप तथा कोल्डचेन ब्यबस्थापन सम्बन्धि ४ दिने तालिमको शुभारम्भमा बोल्ने सरोकारवालाले सरकारको लक्ष्य र योजनालाइ सार्थक बनाउनु सबैको दायित्व भएको बताए ।
नया तथा पुराना स्वजास्थ्यकर्मीहरुका लागि आयोजित तालिमले खोप कार्यक्रमलाइ प्रभाबकारी बनाउन मदत मिल्ने अपेक्षा गरिएको छ । । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहर र्सिंह गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरी,विश्व स्वास्थ्य संगठन एमुनाइजेशन प्रिभेन्टल डिजिजका प्रदेश कार्यालयका प्रमुख डा रामु शर्मा,प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रका कोल्डचेन निरिक्षक हरि प्रसाद आचार्य लगायतले बोल्नुभएको थियो । ५० जना सहभागि सो तालिममा स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणी ज्ञवाली,भेषराज शर्मा,कोल्ड चेन निरिक्षक सुरेन्द्र द्वीबेदीले सहजीकरण गर्नुभएको छ । रुपन्देहीमा १ बर्षमुनीका २१ हजार ७५१ बालबालिका र २७१ खोप केन्द्र रहेका छन् ।










