दुर्गा दाहाल -शहर पसेपछि क़हर, रहर र लहर पक्कै हुन्छ । तर यो कहिलेकाँही ज़हर पनि साबित हुन्छ । ठहर, नीति निर्माण र नेतृत्वको अभावले विदेशमा जन्मिएका धेरै संघ, संगठन र संस्थाहरु मृतप्राय भएका धेरै दृष्टान्तहरू हाम्रा सामु छन । व्याख्या यहाँ निष्प्रयोजन छ ।
लक्ष्य महान भएपनि अहिले आएर एन। आर। एन कहरमा फँसेको छ । शहर पसेपछि रहरहरू बढदै जान्छन । त्यसैले अहिले आएर यो संस्थामा नेतृत्व गर्ने लहर पनि तीव्रतर रूपमा चलेको छ ।तर त्यति सजिलो छैन यो यात्रा । नेतृत्व गर्न चाहने र नेतृत्व दिन चाहने सबै बन्धुहरूले निम्नलिखित कुराहरूलाई चिन्तन, मनन र अनुशीलन गर्नु पर्छ भन्ने हेतुले यो आलेख प्रस्तुत गरिएको छ ।डायस्पोरामा एन।आर। एन किन र कस्का लागि भन्ने कुराको भूमिका र महत्व केलाउनु भन्दा पहिले डायस्पोरा के हो र कसरी संगठित हुन्छ भन्ने तथ्यलाई बुझ्नु उपयुक्त हुन्छ
डायस्पोराको जरो खोज्दै जाँदा यो शब्दको उत्पत्ति प्राचीन ग्रीक भाषाबाट भएको पाउँछौँ जस्को अर्थ “छरिनु” अथवा आफ्नो जन्मस्थलबाट विभिन्न कथा, व्यथा, पीडा र वेदना बोकेर विदेशिनु अथवा बाहिरिनु भन्ने अर्थ लाग्छ १उतिखेर इज़रायलबाट बेबीलोनका राजाले यहुदी हरूलाई निर्वासित गरेको हुनाले उनीहरू प्रारम्भमा गएर बेबीलोनमा बस्नु परेको र पछि गएर विभिन्न देशमा छरिएर रहनु पर्ने बाध्यता र विवशता थियो १ यसरी विभिन्न देशमा बस्नु परेता पनि उनीहरूले विस्तारै क्रमशस् आफ्नो भाषा र सँस्कृतिलाई जीवन्त राख्दै अस्तित्व जोगाए अतस् त्यतिखेर यसरी यहुदीहरू जहाँ गएर बसे, ती ठाउँ हरूलाई “डायस्पोरा” भनियो अहिले आएर विभिन्न कारण हरूले एउटा देशका मानिसहरू अर्को देशमा गएर बस्ने गर्छन केवल बाध्यता, विवशता, व्यथा र पीडाले मात्रै नभएर मानिसहरू स्वेच्छाले पनि इच्छा, शिक्षा, व्यापार, वाणिज्य, धर्म, कला, कौशल अथवा अन्य विविध कारण हरूले आफ्नो देश छोडेर विदेशमा बस्ने गर्छन तर स्वाभाविक रूपले हरेक व्यक्तिले आफ्नो माटोलाई, देशलाई, भाषा साहित्य, सँस्कृति, वेशभूषा, आफन्त र आफ्नोपनलाई संझिन्छ झन तीव्रतर रूपमा जब कोही विदेशमा हुन्छ गहिरो र मधुर स्मृतिमा मिसिएको राष्ट्रप्रेम, देशभक्ति, मानवीय संवेग, संवेदना र अनुभुतिहरू उदात्त हुन्छन परदेशमा १परदेशमा बसेका हरूलाई गहिरो पीडा हुन्छस विदेशिनु परेको कारण जेसुकै र जस्तोसुकै भएतापनि अतस् उनीहरू संगठित हुन्छन विस्तारै विभिन्न बहानामा यसरी एउटै देशबाट आएर पनि विभिन्न ठाउँ र देशमा छरिएर बसेका मानिसहरू एउटै छातामुनि समेटिनु ,सुस्ख दुस्ख बाँडनु र वृहत्तर राष्ट्रीय हित अनि स्वार्थका ख़ातिर ऐक्यवद्ध हुनु खुशी र गौरवको विषय हो यही आवश्यकतालाई मध्यनजर राखेर एन। आर। एनका जन्मदाता, पृष्ठपोषक र अभियन्ता हरूले जुन महान उद्देश्यका निम्ति यो संगठनको स्थापना, विस्तार र विकाश गरे र अद्यपरिमित गर्दै आएका छन, अत्यन्त उदाहरणीय, अनुकरणीय र स्वागतयोग्य छ तर यो एन। आर। एन किन, कस्कालागि , के को लागि र कसरी गर्ने भन्ने सवाल हरूको जवाफ दिन नसक्नु अथवा लिन नखोज्नु चैँ आँफैमा दुस्खको कुरा हो हुनत, विदेशमा पहिलो सवाल पापी पेटकै भएको हुनाले जो कोहीले व्यक्तिगत आय आर्जन र स्थापित हुने कुरालाई नै पहिलो प्राथमिकतामै राख्छ र क्रमश सामाजिक र राष्ट्रीय रूपमा संगठित हुँदै जान्छ जुन स्वाभाविक पनि हो अमेरिका, यूरोप, अष्ट्रेलिया लगायत सबै महादेशहरुमा अहिले आएर एन। आर। एन गठन भई सकेको छ जुन अत्यन्त खुशीको विषय हो तर अपेक्षित मात्रामा यसको विकास र विस्तार हुन सकेको छैन विशेष गरि यो अहिलेको नवजात पुस्तामा फस्टाउन सकेन किनभने यसको महत्व, उपयोग र उपादेयतालाई हामीले बुझाउन सकि रहेका छैनौँ र उनीहरूले पनि बुझ्न बिल्कुलै चाहेका छैनन
फस्टाउन नसकेका कारणहरू
१।एन। आर। एन के हो रु सबै तह र तप्कालाई बुझाईएन
२। धनी र व्यापारीको मात्रै हो भन्ने भान भयो
३। धेरै वर्षसम्म पूँजीपति र धनाढ़्यहरूको कब्जामा मात्रै रह्यो
४। लक्ष्य र उद्देश्यहरू स्पस्ट भएनन
५। सर्वसाधारणसम्म तल्लो तहमा आउन सकेन
६। अर्थ, वाणिज्य र व्यापारलाई मात्रै जोडेर हेरियो
७। आर्थिक कारोवार पारदर्शी भएन
८। नेतृत्व जनमुखी भएन
९। भ्रष्टाचार, व्यभिचार र दुराचार भयो आदि इत्यादि
८ के गर्नु पर्छ त सुधार्न
१।। यो संगठन सबैको, सबैका लागि र सबैद्वारा संचालित नेपालीहरूको साझा संगठन हो भन्ने कुरा जनमानसलाई बुझाउन सक्नु पर्यो । धनी पूँजीपति, ठूला बड़ा र शिक्षित समुदायको मात्रै नभएर ग़रीब र उपेक्षित हरूको झन बढी हो भन्ने कुरा भाषण र बोलीमा मात्रै नभएर बोली वचन, बानी व्यवहार र कार्यले पनि देखाउनु पर्यो केन्द्रीकृत नभएर स्थानीय तहमा समेत यो संगठनको उपस्थिति, कार्यविधि र कार्यक्रमबाट जनसाधारण लाभान्वित हुनु पर्यो नेपालबाट आउने नवागन्तुक हरूलाई सूचना र संचारको माध्यमबाट रोजी रोटी, आवास, कपास र रोज़गार लगायत निम्नतम आवश्यकता हरूको परिपूर्ति गर्ने दिशामा यो संगठनका पदाधिकारी हरूले केन्द्रीय र स्थानीय तहमा समेत सक्रिय हेल्पडेस्क हरूको स्थापना गरि आसन्न समस्या हरूको समाधानार्थ अग्रसरता, तत्परता र सकृयता देखाउनु पर्यो विशेषगरि, अहिलेको युवा पुस्ताहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम राख्नु पर्यो
कुन क्षेत्रमा, के काम गर्नु पर्छ त यस संगठनले र कसरी
केवल हाईड्रोपावर र गुरू आयोजनाहरूको मात्रै कुरा नगरेर समग्रमा नेपालभित्र र बाहिर, घरदेश तथा परदेशमा बस्ने सबै नेपालीहरूको वृहत्तर स्वार्थका ख़ातिर लघु उद्योग र साना व्यापार हरूलाई समेत प्रवर्धन गर्नु पर्छ १क्रमशस् संगठनलाई मज़बूत बनाएर भीमकाय कार्यहरू, परियोजना हरू संचालन गर्नु अत्यन्त राम्रो कार्य हो तर जग बलियो र सबैको हुनु पर्छ १












