बिधीपुर्वक वरपिपलको पुजा आजा गर्नाले शुख,शान्ति र संबृद्धी प्राप्त हुने
गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ।थाहापाई राख्नुहोस् केही त्यस्ता उपायहरू : जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।
जल चढाएपछि फूलप्रसाद चढाउनु होस् ।
धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ : १. ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि बढ्दै जान्छ । २. यदी कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय विस्तारै विस्तारै शुभ हुँदै जान्छ । ३. शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी ( मानिन्छ । ४. साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ । छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ ।
यो पनि पढ्नुस , मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि – मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ । मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् ।
जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ । मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा । एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ । यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।












