हाम्रो नगर हाम्रो गाउ, सवै बालबालिका विद्यालय पुर्याउ अभियान अन्र्तगत घरदैलो कार्यक्रम सम्पन्न
नवलपरासी-हाम्रो नगर हाम्रो गाउ, सवै बालबालिका विद्यालय पुर्याउ अभियान अन्र्तगत शुक्रबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ मा घरदैलो कार्यक्रम गरिएको छ । बर्दघाट वडा नम्बर १६ मा अवस्थित सिद्ध ज्योती आधारभुत विद्यालय सितलबस्तीघरदैलो गरेको हो ।
सो अवसरमा बर्दघाट वडा नम्बर १६ का वडाध्यक्ष शुक बहादुर गुरुङ, विद्यालय ब्यवस्थापन समतिका अध्यक्ष, विदयलयका शिक्षक शिक्षिका, समितिका पदाधिकारी लगाएतको उपस्थितीमा वडा नम्बर १६ मा घरदैलो कार्यक्रम गरिएको हो । बालकालिका भविष्यको कर्णधार भएकोले बालबालिकालाई विद्यायलयबाट बन्चित गर्नु हुदैन, बालबालिकालाई विदयालयको पहुँचमा पुर्याउनुपर्छ तथा हाम्रो नगर हाम्रो गाउ, सवै बालबालिका विद्यालय पुर्याउ अभियान अन्र्तगत वडाका सबै घरधुरीमा घरैदैलो गरिएको वडाध्यक्ष शुक बहादुर गुरुङले जानकारी दिनुभएको छ ।












