शान्ति कसरी मिल्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

नाश्चर्यमिदं विश्वं न किंचिदिति निश्चयी ।
निर्वासनः स्फूर्तिमात्रो न किंचिदिव शाम्यति ।। – गीता

अनेकौँ आश्चर्यले युक्त यो विश्व अस्तित्वहीन छ । यस्तो संसारलाई जान्ने वाला मान्छेले नै अपार शान्ति प्राप्त गर्दछ ।

संसार आश्चर्यलाग्दो छ । कतिखेर के हुन्छ भन्ने कुरा कसैले पनि अनुमान गर्न सक्दैनन् । यहाँ नसोचेका कुरा पनि हुन्छन् र सोचेका कुरा पनि नहुन सक्छन् । संसार सोचे र खोजेजस्तो छैन । आफू यसरी अगाडि बढ्छु भने पनि समयले अर्कै तरिकाले हिँडाइरहेको हुन्छ । त्यसैले यो आश्चर्यलाग्दो संसार अस्तित्वहीन छ । यही कुरा नबुझी मान्छे मनमा अहंभाव बोकेर व्यर्थको यात्रामा निरन्तर दगुरिरहेको हुन्छ । तर त्यसको कुनै अस्तित्व रहँदैन भन्ने उसमा ज्ञान हुन सक्दैन । हामी पनि यस्तैं अहंको आगोमा निरन्तर जलेर चलिरहेका छौँ । जबसम्म सारहीन जीवनको अस्तित्वबोध हुँदैन तबसम्म हामी भौँतारि नै रहन्छौ । जब यो संसार केही होइन, आफ्नो अधीनमा छैन भन्ने ज्ञान हुन्छ तव मात्र मान्छे शान्त हुन सक्छ । त्यतिखेर नै उसले अपार आनन्दको अनुभूति गर्न सक्छ भन्ने गीताको नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –