राधिका अर्याल
घुम्दै फिर्दै आयो फेरि, रौनक नयाँ बर्षको !
यसपाली चाहीँ नेपालीको, झरोस आँशु हर्षको !!
ममतामयी बनोस काख, आफ्नै आमा नेपालको !
नपरोस् रिझाउन मन, कुनै आमा पराइको !!
नपरोस् युवाहरुलाई मिर्गौला बेची, जहान पाल्न !
सुन्दर देशमा जन्मिएर, मरुभुमीमा गइ प्राण फाल्न!!
रोकिइयोस् चेलिबेटी , कुटिन र बेचिनबाट !
बनोस् देश मलिलो खेत, गरी खाने आओस् आँट !!
नभुकी दिउँन नेताहरु, बिना प्रयोग बिबेकको !
डाह नगरुन डाडापारि, लालिगुराँस फूल फक्रेको!!
सबको हातमा इलम होस्, अनि बिश्वास मनमा !
सुख, शान्ति, दीर्घायुको सुगन्ध होस् त्यसमा !!
-स्याङ्गजा
हाल टोरंटो, क्यानडा












