काठमाडौँ –चर्चित एवं लोकप्रिय लोक गायक बुद्धि सागर बस्यालको “परेली’ बोलको गजल बजारमा आएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रम मार्फत बस्यालले परेली सार्वजनिक गरेका हुन । बस्यालको सुमधुर स्वरमा सार्वजनिक गजल परेलीमा रमेश थापाले शब्द र महेश खड्काले सङ्गीत भरेका छन ।
नेपाल, आइसल्यान्ड तथा क्यानडाका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा महेश खड्का र अञ्जलि अधिकारीले अभियनय गरेका छन । भिडियोको निर्देशन शान थापाले गरेको हुन भने छायाङ्कन अर्जुन तिवारीले गरेका छन । प्रवासमा रहेर पनि नेपाली संगित र संस्कृतिको जर्गेनामा सक्रिय बस्याललका बाजेको पालैमा , बुढेसकालैमा, छमछम पाउजुले , डाँफे नाचेर जस्ता दर्जनौ गितहरु नेपाली लोक संगितका निक्कै लोकप्रिय गित हुन ।केही वर्षदेखी क्यानडामा रहेका उनले लामो समयको अन्तरालमा अघिल्लो वर्षमात्रै सार्वजनिक गरेको “म त भए लाहुरे” लोक पप गित निक्कै चर्चित बनेको थियो । लोकगायकका रुपमा स्थापित बस्यालका को कर्णप्रिय स्वरमा पछिल्लो पटक सार्वजनिक भएका म त भए लाहुरे लोक पप र परेली गजलले हरेक खालको गितमा उत्तिकै सुमधुर स्वर दिन सक्ने भर्सटायल गायकका रुपमा समेत चिनाएको छ ।









