विदुर विष्ट -धर्म को परीभासित अर्थ खोज्न बिभिन्न शब्दकोशका ढर्रा पल्टाउने हो भने न्याय कर्तब्य आचार व्यबहार सदाचार पुण्य नैतीक गुण नीती कानुन बमोजिमका राम्रा र ठीक काम ‘रिलिजन ‘रिलिजनको योग्यता र चरित्र’ आदी इत्यादीका शब्दहरु समाबेश गरिएको पाईन्छ । याहूदीले ’तोराह’ ग्रीकमा ’लोगो’ क्रिस्टियनमा ’बाटो’ स्वोर्ग र नर्क र चिनियाले ’ताओ’ शब्दले आ आफ्नो धर्म अर्थ्याउछन । तर माथि उल्लेखित सबै शब्दजालले धर्मको अर्थ संस्कृत भाषाले जस्तो पर्याप्त र पूर्ण सामर्थ्य सहितको अर्थ्याउन सक्दैन ।
‘धर्म’ शब्द संस्कृत भाषाको बिज अक्षर ध्री बाट उत्पन्न भएको बुझिन्छ । जस्को अर्थ लाग्छस ‘त्यो जस्ले पुस्टि गर्छ’ ‘त्यो जस्को मद्घत बिना केही पनि अडिदैन त्यो जस्ले यस ब्रह्मन्डको स्थाइत्वो र् सामंजस्यतालाई धानेको छ’ आदी । धर्मले अनिबार्यतस् प्रक्रिती, बस्तुको अन्तर्निहित व्यबहार सदाचार, निती, कर्तब्य, नैतीकता आदी समेटेको हुन्छ । उदाहरणका लागिस हाम्रो मानव शरीर लगायत किरा बोटबिरुवा, बादल र आकाशमा रहेका सम्पूर्ण पिन्डहरुमा रहेको सुक्षम कण जस्तै ‘इलेक्ट्रोन ले पनि निस्चित तवरले चलेर आफ्नो धर्म निर्बाह गरेको हुन्छ । यसै गरी हरेक राष्ट्रले आफ्नो भुमीको रछा गर्नु र आफ्ना नागरिकको आस्थालाई सम्रछण गर्नु राष्ट्रको धर्म निर्बाह गरेको प्रमाणित हुन्छ ।
धर्म लाई खाली कुनै आस्थातित बिषय बस्तुको पूजा आरधना सँग मात्र दाजिनु वा जोडीनु गलत हुन जान्छ । यदी कुनै ब्यक्तीले आफ्नो गोजीमा आफ्नो आस्था सँग मेल खाने कुनै प्रतिमा वा आकर युक्त बस्तु राखेर इस्ट देवता मानेर मन्दिर चर्च नधाइकन पनि धार्मिक निर्बाह गरेको बुझ्न सकिन्छ । हिन्दू धर्मले धन र शक्ति प्राप्त गर्नका लागी अर्थ, ईक्षया अभिलाषा पुर्तीका लागि काम र मोक्ष प्राप्तीका लागि साधना मार्फत जिबनको सबै पक्षलाई समेट्ने गरी सामंजस्यको सिदान्त र दर्शन प्रदान गरेको छ । यस् अर्थमा रिलिजन पक्ष धर्मको अंश या शुरुवात पाटो मात्र हो भनेर बुझ्न सकिन्छ । समग्रमा मानबताको सार तत्व भनेकै प्रत्यछ अनुभव द्वारा सत्त् चित आनन्द प्राप्त गर्ने सम्भावनाहरु हुन । धर्मशास्त्र ले कानुनलाई भन्दा व्यबहार र अनुभव लाई प्राथमिकता दिन्छ । यसको उदाहरणहरु मनुस्मृितमा प्रशस्त भेटिन्छन् । यसकारण धर्मलाई रिलिजनमा झार्नु भनेको अर्को क्रिस्टियानिटीमा जस्तो कानुनमा मात्र सिमित रहनु अर्थात धर्म निरपेछ लादनु हो भनेर प्रस्ट बुझ्न सकिन्छ ।












