काठमाडौँ -नेपालकै चर्चित रियालिटि शो नेपाल आइडल सिजन २ को टप ५ सम्म पुगेका प्रतियोगि हुन् अमित बराल । नेपाल आइडल बाटै लाखौं दर्शक स्रोताको मन जित्न सफल बरालले पुष्पन प्रधानको शब्द संगीतमा “म त तिम्रै हुँ” बोलको गीत आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरेका छन् ।
उनले लोकप्रिय गायक पुष्पन प्रधानको “पन्छी” गीत गाएपछि धेरैले उनको प्रसंसा सँगै तारिफ पनि गरे त्यति मात्र कहाँ होर जुन गीतले गायक प्रधान सँग कहिले नछुट्ने दाजुभाइको नाता पनि गाँसिन पुग्यो ।सार्वजनिक गीतको भिडियोमा अमित आफैंले अभिनय गरेका छन् । उनलाई शाक्षी लम्सालले साथ दिएको हो । शिवराम श्रेष्ठले खिचेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=2n1da1U5bLs









