सरकारको दम्भले सीमा नाघ्यो : कोइराला

प्रकाशित मिति:

बनेपा –  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिष्टहरुले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेर कांग्रेससँग मुठभेड निम्त्याएको बताएका छन्। कोइरालाले आफूहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भए पनि सरकार दुई तिहाईको दम्भले अगाडि बढिरहेको आरोप लगाए। सरकारको दम्भले सीमा नाघेको पनि उनको भनाइ थियो।

कम्युनिष्टहरुको ज्यादतिका विरुद्ध लड्ने समय आएको बताउँदै कोइरालाले त्यसका विरुद्ध तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए। नेपाली कांग्रेस भुम्लु गाउँपालिकाले काभ्रेको सल्लेमा गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा डा कोइरालाले पार्टीभित्र केही वैचारिक मतभेद रहे पनि कम्युनिष्टका विरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको विश्वास दिलाए। पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्नेमा कोइरालाले जोड दिए।