विद्यालयमा सरसरफाईको अनुगमन

प्रकाशित मिति:

सिमकोट – विद्यालयहरुमा पूर्ण सरसफाईको अवस्थाका बारेमा अनुगमन गरिएको छ । हुम्ला जिल्ला खुला दिसा मुक्त क्षेत्र घोषित भएको अवस्थामा विद्यालयहरुकोे सरसफाईको स्थितीका बारेमा अनुगमन गरिएको छ ।  सिमकोट गाउँपालिकाका सात वटा मावि, निमावि, प्रावि विद्यालयहरुको सरसफाईका कार्यक्रम संचालन गरिएको र त्यसको अवस्थाका बारेमा अनुगमन गर्दा स्थिती निकै सुधार रहेको अनुमगनमा संलग्न सिमकोट गाँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताउनु भयो । शौचालय र खानेपानीको उचित व्यवस्था भएकोले पूर्ण सरसफाईका लागि सहयोग मिलेको उहाँले बताउनु भयो ।

विद्यालयमा पूर्ण सरसफाई गर्नका लागि खानेपानी तथा शौचालयको मर्मतको योजनाहरु संचालन गरेपछि अनुगमन गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले बताउनु भयो । सिमकोट गाउँपालिकाका भिमसेन, कालाशिल्ता र रलिङ्ग माविका लागि तीन लाख तथा बाल विकास, पंचमुखी, महाकाल र सिद्धार्थ निमाविका लागि खानेपानी तथा शौचालय मर्मतका लागि ७५ हजार मर्मतका लागि सहयोग गरिएको उहाँले बताउनु भयो । युनिसेफको आर्थिक सहयोग र छायाँ नेपालको प्राविधिक सहयोग र विगत लामो समय देखि जिल्लामा सरसफाईका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सहजिकरण शौचालय तथा खानेपानी मर्मत गरिएका योजनाहरुको अनुगमन गरिएको हो । अनुगमनमा अध्यक्ष लामा, उपाध्यक्ष बली रावत, वडा अध्यक्ष कृष्ण बोहरा, जयचन्द्र रोकाया, सिमकोट गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख जंग रोकाया लगायतको सहभागिता रहेको थियो ।