एजेन्सी -ज्योतिष शास्त्रअनुसार हरेक बार फरक–फरक कामकाजको लागि छुट्याइएको छ । सामान्यतया आइतबार र मंगलबारलाई ज्योतिष शास्त्रमा खरो बारको रुपमा लिइएको छ । शनिबारलाई ढिलो बारको रुपमा लिइएको छ भने शुक्रबार, बिहिबार र सोमबारलाई शुभबारको रुपमा लिइएको छ ।
बुधबारलाई भने ज्योतिष शास्त्रका ग्रन्थहरुमा द्विस्वभावको बार मानिएको हुनाले यसबारलाई कन्फ्युज हुने बार मानिन्छ । जुन जुन ग्रहको आधारमा बारहरु निर्माण भएका हुन् त्यस दिन त्यही ग्रहहरुको स्वभाव अनसारका काम गर्नु राम्रो मानिन्छ ।त्यसो भए कुन–कुन बार कुन–कुन कार्य गर्नुपर्दछ त रु सूर्यको आधारमा आइतबार बनेको हो । आइतबार बारको आधारमा सूर्य बलियो हुने बार मानिन्छ । सूर्यलाई ज्योतिष शास्त्रहरुका अनुसार ग्रहहरुको राजा मानिन्छ । त्यसकारण आइतबार सरकारी कामकाजको लागि राम्रो मानिन्छ । पहिला पहिला राजा महाराजाहरुको राज्याभिषेकको लागि सकेसम्म आइतबार नै राम्रो समय मानिन्थ्यो ।
यस दिन कुनै पनि कार्यालाय को कार्यभार सम्हाल्नु लाई राम्रो मानिन्छ भने विशेष गरेर सरकारी कार्यालय वा कामकाजको जिम्मेवारी आइतबार नै लिनु ज्योतिष शास्त्रको मत हो । विवाह , व्रतबन्ध वा कुनै पनि खुशीयालीका उत्सवहरु मनाउँदा पनि आइतबार नै गर्नु राम्रो हुन्छ ।ज्योतिष शास्त्र अनुसार सूर्यलाई आत्मासँग सम्बन्ध राख्ने ग्रह मानिने भएकाले यस दिनमा गरेको कामकाजमा आत्म विश्वास बलियो हुन्छ भन्ने मान्यता ज्योतिष शास्त्रको रहेको छ । त्यसकारण रोजगारीको प्रारम्भ सकेसम्म आइतबार का दिन नै गर्नु राम्रो हुने कुरा ज्योतिष शास्त्रमा बताइएको छ । वस्तुभाउको किनबेच वा अन्य कुराको किनबेच पनि आइतबार गर्नु राम्रा नै मानिन्छ । सूर्यको स्वभाव तातो हुने भएकाले आगो, ग्यास, विद्युत संबन्धि कामकाजहरु आइतबार गर्नु शास्त्रसम्मत देखिन्छ ।मन्त्र साधकहरुका लागि आइतबार गोप्य मन्त्रहरुको साधनाको लागि निकै शुभ हुने गर्दछ । शास्त्रहरुका आधारमामा औषधी निर्माण गर्ने कामलाई पनि आइतबार नै राम्रो भनेर बताइएको छ । आइतबार देखि विरामी व्यक्तिले औषधी सेवन गर्न सुरु गरेमा त्यसले छिट्टै रोगबाट छुटकारा दिने मानिन्छ । सूर्यको प्रभावले आत्मविश्वास बलियो भई समस्या र रोगहरुबाट छुटकारा दिने मानिन्छ । आइतबार लाई खरो बार मानिने भएकाले हतियार संबन्धी कामकाज यस दिन निकै शुभ मानिएको देखिन्छ ।सुन, तामा र धातुका कामहरुको प्रारम्भ पनि आइतबार गर्नाले चाँडो सफलता हासिल हुने कुरा पनि वर्णन गरिएको पाइन्छ । ऊन र काठ को कामलाई पनि यस दिन निकै राम्रो हुने मानिन्छ भने फर्निचर संबन्धि काम पनि आइतबारलाई शुभ मानिन्छ । त्यसकारण काठ मिल, फर्निचरको कारोबार, बन तथा जंगलको काम आइतबार शुरु गर्नु राम्रो हुने गर्दछ । शत्रुसँग आक्रमण गर्नको लागि सबैभन्दा पहिलो कुरा आत्म विश्वास पूर्ण हुनुपर्ने भएको हुनाले आइतबार वा मंगलबार युद्ध अभ्यास वा युद्धको प्रारम्भ गर्नु शास्त्र अनुसार उत्तम बार मानिएकाृ छ । साथै व्यापार व्यवसायको थालनी पनि आइतबार गरेमा शुभ हुने खगोल शास्त्रको मान्यता रहेको छ ।ज्योतिष शास्त्रमा यस्ता अनेकौँ कुराहरुको वर्णन गरिएको पाइन्छ । हरेक कामकाजको लागि हरेक समयमा साइत हेरी रहन संभव पनि छैन । त्यसकारण बार को स्वभाव अनुसार कामकाज गर्नु शास्त्रिय मत अनुसार राम्रो हुने गर्दछ ।












