के भाकल गरेपछि बाचा पुरा गराउनुपर्छ ?जान्नुहोस नगरेमा के हुन्छ

प्रकाशित मिति:

एजेन्सी -हो यदी कसैले कुनै कुरा मागी भाकल गर्दछ यसो गरी दिए यति समयमा यस्तो गर्छु भन्ने भाका गर्दछ भने त्यो अवश्य पुर्याउनु पर्दछ । यसको बैज्ञानीक कारण यस्तो छ ः यदी कसैले भाकल गरे अथवा कुनै कुरा गर्छु भनी भाका गर्दछ त्यो समयमा त्यसले आफुले बोलेको भाका पुरा गर्न सकेन भने उसको शरिरमा भएको आज्ञा चक्रले काम नगरेको भन्ने बुझिन्छ अथवा उ कुनै पनि कुराको निर्णय लिन नसक्ने मान्छे भन्ने बुझिन्छ ।

उसले कुनै पनि कुरामा अडिक रहन सक्दैन ।त्यसैले आफुले बोलेको कुरा पुरा गर्न सक्ने मान्छे मात्र जिवनमा अघि बढ्दछ । त्यसैले भाकल भाका बोल्दै नबोलौ बोलेको कुरा पुरा गरौं, सत्य मानिसको साथ सबैको आशिर्वाद प्राप्त गर्दछ र त्यस्ता मानिस सँग देवीदेवता पनि प्रशन्न हुन्छन् भन्ने हाम्रो मान्यता छ ।

यदी कसैले भाकल बोलेर पुरा गर्दैन भने उसको भाग्य नै बिग्रिएर जान्छ किनकी हाम्रो जिवनको सात चक्र मध्ये सबै भन्दा महत्वपूर्ण चक्र भनेको आज्ञा चक्र हो । आज्ञा चक्र भनेको हाम्रो सात चक्र मध्येको राजा चक्र हो । जसको आज्ञा चक्रै बिग्रन्छ उसले जिवनमा कहिले पनि उन्नती प्रगती गर्न सक्दैन । त्यसैले आप्mनो आज्ञा चक्र बलियो बनाउने वा कमजोर बनाउने आप्mनै भित्र भएको कुरा हो । त्यसैले आप्mनो आज्ञा चक्र बलियो बनाउनु छ भने आफुले बोलेको भाकल समयमै पुरा गर्नु पर्दछ ।

भाकल पुरा नगरे के हुन्छ

यही आज्ञा चक्र कमजोर भएपछि मानिसहरु धेरै कुरा सोच्न थाल्दछ आफुले गरेका कामहरु बिग्रिन थालेपछि उसले आफुले गरेको भाकलहरु सम्झन थाल्दछ र यसो हुँदा उसले भाकल बोलेको देवीदेवता सम्झन थाल्दछ । धरै सोच्दा सोच्दै उसले आफ्नो सपनामा देवी देवताहरु देख्न थाल्दछ र देवी देवताले आप्नो कामहरु रोके भनी देवी देवतालाई नै गाली गर्न थाल्दछ ।त्यसैले आफुले बोलेको भाकल समयमै पुरा गरी आप्नो आज्ञा चक्रलाई कमजोर हुन नदिऔं ।