तरुण दलले दियो बिष्णु पौडेललाई क्षतिपूर्ति

प्रकाशित मिति:

बुटवल –  नेपाल तरुण दल क्षेत्र न २ रुपन्देही र तरुण दल बुटवल उपमहानगर समितिले नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन एक रुपैंया संकलन अभियानमा उठेको ६९० रुपैया ईलाका प्रशासन कार्यालय बुटवलमा बुझाएको छ । नगरसभापती सुजन पुनले  बिष्णु पौडेल जि ठगिनुभएको र सरकारका प्रबक्ताको भनाईलाई आत्मसात गर्दै सहयोग संकलनमा लागेको बताएका थिए ।

ईलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत बिष्णु ज्ञवालीलाई रकम हस्तान्तरण गर्दै उक्त रकम  प्रधानमन्त्री केपि ओली र गृहमन्त्री रामबहादुर थापा समक्ष पठाउन समेत आग्रह गरेको छ ।  क्षतीपुर्ती हस्तान्तरण कार्यक्रममा तरुणदल पूर्व केन्द्रिय सचिब चिरन्जिबी जोशी , तरुण दल क्षेत्रिय सभापती हसन्त लामा , नेबी संघ नि- बर्तमान केन्द्रिय सदस्य टंक पाण्डे , नेबी संघ लुम्बिनी बाणिज्य क्याम्पसका सभापती सुरज क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।  बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको व्यंग गर्दै तरुणदल , नेपाल विद्यार्थी संघ लगायतका भातृ संगठनले एक रुपैया संकलन अभियानमा साथ दिएका थिए ।