यस्ता चिज बस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस, सबैको जानकारीका लागि सेयर गरौ

प्रकाशित मिति:

एजेन्सी । धेरै मानिस खानेकुरा र अन्य वासनादार चिजलाई धेरै समय राख्नु पर्यो भने फ्रिजभित्र राखिहाल्छन् । तर सबै खानेकुरा फ्रिजमा राख्न हुँदैन । खानेकुरालाई लामो समय फ्रिजमा राख्दा स्वाद हराउने मात्र होइन, गुणस्तर खस्किने हुन्छ । निम्न चिज फ्रिजमा राख्नु हुदैन

गोलभेडाःगोलभेडाको अचार वा तरकारी खाँदा कतै खल्लो महशुस गर्नुभएको छ रु यदि त्यसो हो भने फ्रिजमा राखेको हुनुपर्छ । फ्रिजमा राखेको गोलभेडाको सबै स्वाद हराउछ । चिसो हावाले टमाटर गल्ने पक्रियालाई पनि रोकिदिन्छ । फ्रिजको तापक्रमले गोलभेडाको गुणस्तर नै हराइदिन्छ ।

तुलसीःघरेलु जडिबुटी र औषधीको रुपमा प्रयोग हुने तुलसीलाई फ्रिजमा राख्दा फाइदा नहुने अध्ययनले पनि देखाएको छ । फ्रिजमा राखेको तुलसी ओइलाउने मात्र होइन तुलसीले फ्रिजभित्रका अन्य चिजको गन्धलाई पनि सोसिदिन्छ । तुलसीलाई ताजा पानी भएको कपमा राखेर यसको ताजापनलाई कायमै राख्न सकिन्छ ।

आलुः फ्रिजमा आलु राख्दा यसको चिसोले आलुमा पाइने कार्बोहाइड्रेड चिनिमा परिवर्तन हुन्छ । त्यही भएर पकाउँदा आलु गुलियो र नमिठो हुन्छ । आलुलाई लामो समय सुरक्षित राख्न पेपरमा चिसो स्थानमा राख्नुपर्छ ।

ब्रेडःब्रेडलाई लामो समय ताजा राख्न फ्रिज उपर्युक्त विधि हुने धेरै मानिस सोच्छन् । तर धेरै चिसोमा लामो समयसम्म रोटी राख्दा त्यसमा भएको कार्बोहाईड्रेड युक्त तत्व हराउछ र स्वाद पनि घट्छ ।

कफीःकफीलाई लामो समयसम्म यसको स्वभाविक बासनामा रहेको देख्न चाहनुहुन्छ रु त्यसो हो भने कहिल्यै पनि फ्रिजमा नराख्नुहोस । फ्रिजमा कफी राख्दा यसको वास्तविक गन्ध हराउने मात्र होइन, फ्रिजभित्र भएका अन्य खानेकुराको गन्ध कफिले सोसिदिन्छ । कफीलाई घर्रा लगायत अध्यारो स्थानमा राख्नुपर्छ ।

खुल क्यानःबेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार खुला क्यानलाई कहिल्यै पनि फ्रिजमा राख्नुहुन्न । लामो समय खुला राख्दा क्यानभित्रको धातु अन्य खानेकुरामा मिसिन्छ ।

केराःकेरालाई बिर्सेर पनि फ्रिजमा राख्नु हुदैन । केरा उष्ण मौसममा फल्ने फल हो । तसर्थ टिपेपछि त्यसलाई चिसोमा राख्नु हुँदैन । फ्रिजको चिसोले केराको पाक्ने पक्रिया रोकिदिन्छ । हरियो केरालाई फ्रिजमा राख्नु भनेको सधै हरियो बनाउनु हो । चिस्याउदा केराको वोक्रा पनि कालो हुन्छ ।

खरभुजाःकाटेको वा गेडा दुबै खरभुजालाई फ्रजमा राख्नु हुदैन । अमेरिकाको कृषि विभागले गरेको एउटा अनुसन्धान अनुसार न्यानो ठाउँमा राखेको खरभुजा अन्य स्थानमा राखेको भन्दा बढी एन्टि अक्सिडियन्टयुक्त हुन्छ । फ्रिज बाहिर राखिएको खरभुजा बढी स्वस्थ र ताजा हुने सो अध्ययनले जनाएको थियो ।