बेलायत निबासीहरुको सहयोगमा ई–पुस्तकालय स्थापना

प्रकाशित मिति:

ओखल्ढुङ्गा – ओखल्ढुङ्गाको चम्पादेबी माध्यमिक बिद्यालयमा ई–पुस्तकालयको स्थापना गरियको छ । ओखल्ढुङ्गा जिल्ला समाज यू.केको आर्थिक सहयोग र नेपाल लाइबेरी फाउण्डेशनको प्राबिधिक ब्यबस्थापनमा स्थापित पुस्तकालय गत मंगलबार देखि सञ्चालनमा ल्याइएको छ ।

ई–पुस्तकालयमा बिध्यार्थीहरुका लागी बहुउपयोगी स्रब्बे र दृस्य सामाग्रीहरु रहेको र यो सञ्चालनको लागी इन्टरनेटको आबस्यत्ता नपर्ने नेपाल लाईबेरी फाउण्डेशनका प्राबिधिक बसन्त श्रेष्टले बताउनु भयो । साथै ई–पुस्तकालय सफटवेरको माध्यमबाट बिध्यर्थीले धेरै भन्दा धेरै ज्ञान लिने भण्डार रहेको श्रेष्टले बताउनु भयो ।

श्रेष्टले उत्घाटन कार्यक्रममा सञ्चारकर्मीहरु संग कुरा गर्दै जनमानसमा ई–पुस्तकालय सञ्चालन गर्नको लागी ईन्टरनेट चाहिन्छ भन्ने भ्रम हुन सक्छ तर यो सफटवयर अफलाइनमा पनि बिध्यार्थीहरुले चलाउन सक्ने करा बताउनु भयो ।

बेलायत स्थित ओखल्ढुङ्गा यूकेका संयोजक कृष्ण गुरुङ्ग र गैर आबाशीय नेपाली संघ पब्लिक पुस्तकालयका सदस्य शिबजी श्रेष्टको पहलमा बेलायत निबाशी बिभिन्न १८ जनाको सहयोगमा पुस्तकालय स्थापना गरिएको ओखल्ढुङ्गा यूकेका संयोजक कृष्ण गुरुङ्गले बताउनु भयो । संयोजक गुरुङ्गले ओखल्ढुङ्गामा जन्मीएर बिभिन्न कारणले बेलायत पुगेका नागरीकहरु संगठित भएर ओखल्ढुङ्गाको बिकासका लागी बिभिन्न क्षेत्रमा सहयोग पुराउदै आएको र यो क्रम निरन्तर जारी रहने बताउनु भयो ।

कुराकानीकै क्रममा गुरुङ्गले अबको शिक्षा प्रबिधी मैत्री हुनु पर्नेमा आफु हरुको जोड रहेको र ओखल्ढुङ्गा यूके समाजले अगामी दिनहरुमा शिक्षामा नै बढि क्रर्यक्रमहरु सञ्चालन गर्ने सोचमा रहेको समेत बताउनु भयो । ओखल्ढुङ्गामा यस भन्दा अघि सगरमाथा जनता माध्यमिक बिध्यलय ओखल्ढुङ्गा र रुम्जाटार उच्च माध्यमिक बिध्यलयमा समेत ई–पुस्तकालय सञ्चालनमा आइ सकेका छन ।