१६ मिनेट मात्र कम सुत्दा पनि स्वास्थ्यमा पर्छ असर

प्रकाशित मिति:

एजेन्सी -कार्यालयमा राम्ररी काम गरेर दिन बित्छ र स्पष्ट दिमागका साथ काम गर्न सक्नुहुन्छ कि तनाव र व्याकुलताका कारण खराब दिन बिताउनुहुन्छ रु यी दुई परिस्थितिमा जम्मा १६ मिनेटको निद्राको अन्तर हुन्छ ।वैज्ञानिकहरूको अध्ययनमा यही कुरा देखिएको छ ।

स्लीप हेल्थ नामक जर्नलमा प्रकाशित अध्ययनमा लेखिएअनुसार, कार्यालय खुल्ने दिनमा तपाईं कम सुत्नुुभयो भने काममा नकारात्मक असर पर्न सक्छ ।साउथ फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले १३० जना स्वस्थ कर्मचारीमाथि गरेको एक सर्वेक्षणले यो कुरा देखाएको हो । आईटी सेक्टरमा ती कर्मचारी काम गर्छन् । तिनको एउटा स्कूल जाने उमेरको बच्चा समेत थियो ।सर्वेक्षणमा भाग लिएका सहभागीहरूले आफू हरेक दिन १६ मिनेट मात्र कम सुत्दा पनि वा राति राम्रो निद्रा नपर्दा पनि भोलिपल्ट कार्यालयमा उनीहरूको दिमागै राम्ररी नचल्ने स्थिति रहन्थ्यो ।

निद्राको कमीका कारण उनीहरूको तनावको स्तर बढ्दा काम र जीवनको सन्तुलनमा असर परिरहेको थियो । यी सबै कारणले गर्दा उनीहरू थकान अनुभव गर्छन् र समयअगावै उठ्छन् ।विश्वविद्यालयकी सहायक प्राध्यापक सुमी ली भन्छिन्, ‘अध्ययनले कर्मचारीहरूलाई सुत्न प्रोत्साहित गर्न कार्यालयहरूलाई सुझाव दिएको छ । पूरा निद्रामा रहने मानिसले भोलिपल्ट कार्यालयमा राम्रो काम गर्न सक्छन् । उनीहरू काममा ध्यान केन्द्रित गर्न सक्छन् र गल्ती पनि कमै गर्छन् ।’