सहकारीबाट आर्थिक समृद्धि

प्रकाशित मिति:

सहकारीको नाममिलिजुली, नामजस्तै कामपनिमिलिजुली, ६०१ जना शेयर सदस्यमध्ये ७५ प्रतिशतअर्थात् ४५१ जना सदस्यहरु व्यवसायिक कृषि कर्म मालागेका छन् भने बाँकी २५ प्रतिशत सदस्य गैरकृषिजन्यव्यवसायमा रमाईरहेका छन् । तरकारी, सुन्तलालगायतअन्यपशुजन्यउत्पादन बेच्नकुनै चिन्ता छैन । सहकारीले नै किसान र होलसेल व्यापारीबीच समन्वयगरिदिन्छ, किसान र व्यापारी आफ्नो आफ्नो मूल्य भन्छन, सहकारीले मूख्यमूख्य सहरहरुमा सोहीदिनको बजारभाउबुझ्छ र किसानव्यापारी दुवैलाई मर्का नपर्ने गरी मूल्यमा समन्वयगरिदिन्छ, किसानव्यापारी दुवै खुशी हुन्छन, आफनो आफ्नो काममा फर्कन्छन ।यो कुनै काल्पनिककथा हैन, तनहुँजिल्लाको आँबूखैरेनीबजारदेखी गाडीमार्फत् मुग्लिनपोखरा राजमार्गमा ५ मिनेटको दुरी वराँदीमा रहेको मिलिजुली कृषिउत्पादक सहकारी संस्था लिमिटेडले गरेको कामकोप्रभावहो ।

झट्ट सुन्दा सहकारी भनेको बचत ऋण कारोबार गर्ने कुरा जोकोहीको दिमागमा फ्याट्ट आईहाल्छ । बचत ऋण कारोबार गर्ने, बढीभन्दा बढी नाफाकमाउने, शेयर लाभांश बाँड्ने, सहकारीको सन्दर्भमाधेरैले सोच्ने कुरा यहीहो । यो सहकारीको हकमाभने कुरा केही फरक छ । सहकारीमाभएका सबै सदस्य कृषि र गैरकृषिजन्यव्यवसायमा रमेर लागेका छन् । सहकारीमा सदस्य बनाउनुअघि सहकारीले व्यवसायक कृषिकर्म या अन्यउद्यमगर्नैपर्ने नीतिलिएको छ । नयाँबन्ने सदस्यले कुनै न कुनै उद्यमगर्ने प्रतिबद्धता गर्नैपर्ने हुन्छ, नत्र सदस्यतामिल्दैन । कृषि र पशु उत्पादनमालाग्ने सदस्यको उत्पादनउचितमूल्यमाबिक्रीगरिदिने जिम्मा सहकारीले लिन्छ, नयाँ सदस्य ढुक्क भएर उत्पादनमुखी कृषिव्यवसायमा लाग्छन । सहकारीले हाइवेसँगै एक संकलन केन्द्र सञ्चालनमाल्याएको छ, सँगै एक कृषक सहायता केन्द्र पनिचलाएको छ, सदस्यले तरकारी, सुन्तलातथाअन्यउत्पादन संकलन केन्द्रमा ल्याउँछन, आफ्नो उत्पादनबिक्री गर्छन, नगदबुझ्छन, बुझेको नगदमध्ये धेरैजसो रकम सहकारीमै “कृषि बचत”खातामाजम्मा गर्छन्, आफूलाई चाहिएको मलबिउविजन, कृषिऔजार सामग्रीवाव्यवसायिक परामर्श कृषक सहायता केन्द्रबाट लिन्छन्, अनि घर फर्किन्छन् ।

सहकारीमा आवद्ध भएपछि शेयर सदस्यको आम्दानी बढ्दै जानुले पनिगाउँमा समृद्धि भित्रिएको संकेत मिल्छ । ३ वर्षअघि औषतआम्दानीवार्षिक रु ५०,००० हुने सानाकिसानशेयर सदस्यको हाल बढेर कम्तीमा १ लाखपुगेको छ भने सहकारीमा सदस्य भएपछि तरकारी तथा सुन्तला बिक्रीबाटै वार्षिक आम्दानी १२लाखसम्मलिने किसानहरु पनियहाँ ३० जनाभन्दा बढी नै देख्नसकिन्छ । सहकारीमा शेयर सदस्य भएपछि वराँदीमा समृद्धि भित्रिएको हो । यसैगरी सहकारीले उत्पादनको बजार व्यवस्थापनको जिम्मा लिएपछि आफ्नो कृषिव्यवसायमाविस्तार गरी बराँदीकै भगवतीखनालले आफना२ जनाछोराछोरीलाई राम्रो स्कूलकलेजमा पढाईरहेकी छन् भने ,सुर्यबहादुर पन्तले ३ भाइ छोरालाई राम्रो शिक्षादिलाएका छन् । यसैगरी शेयर सदस्य रुपबहादुर चितौरे मगरले आफनो छोरा पंकजचितौरेलाई तरकारी र सुन्तला बेचेरै ईन्जिनियर बनाए । तरकारी बजार व्यवस्थासहकारीले गरेपछि वराँदीकै तारा अधिकारी र शर्मिलाचापागाईले पनिआफना छोराछोरीलाई आफूले चाहे अनुसारको कलेजमा पढाएका छन् भने हेमेन्द्र केसीलेआफनी १ छोरीलाइ स्टाफ नर्सपढाएका छन् । यी र यस्ता पारिवारिक समृद्धि एवं आर्थिक उन्नयनकालोभलाग्दाउदाहरण भेटिन्छन् बराँदीमाआजभोली । मिलिजुली सहकारी सदस्यको गुणस्तरीय जीविकोपार्जनकालागि २०६५ सालपौष ५ गते स्थापनाभएको हो । स्थापनाभएको ६ वर्षसम्मअलमलमै रह्यौं, विनायोजना, विनानीतिनिर्देशिकाचल्दा सहकारी अगाडि जानुको साटो झन् झन् ओरालो लाग्यो । नेपाल सरकारकाविभिन्नकार्यक्रम र विभागमार्फत् विभिन्नशिर्षकमाअनुदानपनिलिएकै थियौं, कृषिसम्बन्धीआवश्यक सरसल्लाहमार्गदर्शन नपाएको पनिहोईन । यतिगर्दागर्दै पनि एउटा सहकारी आन्तरिक रुपमाबलियो हुन र बजार व्यवस्थापनमाकामगर्नको लागिसंस्थाको आफ्नै संस्थागतक्षमतापनि बढ्नुपर्ने रहेछ, संस्थानीति र विधिले चल्नुपर्ने रहेछ । यसको लागि सहमति गैंडाकोट र लुथरन वल्र्ड रिलिफको साझेदारीमा सञ्चालितअमिलो जातकाफलफूलहरुको बजार विकास परियोजनासँगहामीले समन्वय गरी सहयोग लियौं, सहयोग लिएपछि संस्थाको आन्तरिक क्षमता सुदृढिकरण, संकलन केन्द्र निर्माण, सञ्चालन र व्यवस्थापन, कृषक सहायता केन्द्र व्यवस्थापन, आन्तरिक पूँजीको श्रृजनाएवं विभिन्नव्यवसायिक योजनानिर्माण, नीतिनियमावलीनिर्माण र कार्यान्वयनपक्षबलियो हुँदै गयो । फलस्वरुपअहिले हामीआफ्नो प्रशासनिकखर्च व्यवस्थापनकालागिभएपनि बचत तथा ऋण कारोबार वार्षिक ३ करोडभन्दा माथी नै गरेका छौं, संकलन केन्द्रबाट किसानको उत्पादनवार्षिक १ करोड ५० लाखभन्दा बढीको (तरकारी तथाफलफूल) बिक्रीप्रबन्ध गरेका छौं, कृषक सहायता केन्द्रबाट किसानले पैसा भएनगदमातत्कालनभए तरकारी बेचेर तिर्ने गरी सुपथमूल्यमामलबिउविजन, कृषिऔजार, जैविकविषादीतथाप्राविधिक परामर्श उपलब्ध गराएका छौं । मलबिउविजनलगायत कृषि सामग्री बिक्रीबाट वार्षिक १ करोडभन्दा माथीको कारोबार हुन्छ भने संस्थाले कृषिउत्पादनमाविषादीकमगर्नगराउन, जैविक खेतीलाई प्रवद्र्धन गर्न नेपाल सरकारको सहयोगमाभर्खरै टाईकोडर्मा उत्पादनकार्य पनि सुरु गरेका छौं, संस्थाकाअध्यक्ष ईश्वरबाबु गौलीले बताउनुभयो । उहाँले थप्नुभयो हामीले अब गण्डकी प्रदेश सरकारको सहयोग र संस्थाको आफनो पनिलगानीमा एक प्याकिंगहाउस र विद्युतीयकोल्ड स्टोरेज निर्माण कार्य अगाडि बढाएका छौं भने आगामीवर्षदेखि सदस्यले उत्पादन गरेको सुन्तला चैत्रसम्म स्टोर गरी राख्ने र बजारमाआफै बिक्रीगर्ने प्रबन्धमिलाउनुका साथै तरकारी तथाफलफूललाई ग्रेडिंग, लेवलिंग र प्याकेजिंग गरी बजारमा पठाउने योजनाबनाएका छौं ।