आज शुक्रबार , २४ जेठ अर्थात यू जुन ज्येष्ठ मासको शुक्ल पक्षको पञचमी । शुक्ल पक्षको पञचमीलाई विनायकी चतुर्थी भनिन्छ । यस पटक बिहीबारको दिन चतुर्थी परेकाले यो दिन गुरु ग्रह र गणेश भगवानको विशेष पूजा गर्दा लाभ मिल्छ । पञचमी गणेश भगवानको तिथि पनि हो । यस दिन गणेश भगवानका लागि व्रत–उपवास तथा पूजापाठ गरेमा घरमा सुख–समृद्धि बढ्ने छ । ज्ञान र बुद्धि पनि बढ्ने छ । गणेश भगवानको जाप गर्दा यी १२ मन्त्र उच्चारण गर्नुहोस् । यस पञचमीमा गणेश भगवानसमक्ष दीप जलाउनुहोस् । यसपछि १२ नाम मन्त्रको जाप कम्तिमा १०८ पटक गर्नुहोस् ।
ऊँ सुमुखाय नमः, ऊँ एकदंताय नमः, ऊँ कपिलाय नमः, ऊँ गजकर्णाय नमः, ऊँ लंबोदराय नमः, ऊँ विकटाय नमः, ऊँ विघ्ननाशाय नमः, ऊँ विनायकाय नमः, ऊँ धूम्रकेतवे नमः, ऊँ गणाध्यक्षाय नमः, ऊँ भालचंद्राय नमः, ऊँ गजाननाय नमः। पूजा सम्पन्नपछि भक्तजनलाई प्रसाद वितरण गर्नुहोस् । र गणेश भगवानसमक्ष दुख आइनपरोस् भन्दै प्रार्थना गर्नुहोस् । यस्तै, गुरु ग्रहका लागि सुक्रबारको दिन शिवलिंगमा बेसनको लड्डु चढाउँदा लाभ मिल्नेछ । गरिबलाई चनाको दाल दान गर्नुहोस् । यसैगरी केराको बोटमा पूजा गर्नुकासाथै केरा दान पनि गर्नुहोस् ।












