हावाहुरीबाट क्षतिग्रष्त विद्यालयलाई सहयोग जुट्दै

प्रकाशित मिति:

धनवीर दाहाल/ रुकुम  – हावाहुरीबाट क्षतिग्रस्त भएको रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ४ सिम्तारुमा रहेको बालकल्याण माध्यामिक बिद्यालयलाई सहयोग रकम जुट्न थालेको छ ।

गत २० गते भिषण हावाहुरीले दुई वटा भवनको जस्तापाताको छाना उडाउनुका साथै भवनमा क्षति पुगेको थियो । हावाहुरीका कारण बिद्यालय भवन क्षति हुँदा पठनपाठन अवरुद्ध भएको समाचार नेपाल समाचारपत्र, न्युजअफ नेपाल र नेपाल टेलिभिजनबाट प्रकाशन÷प्रसारण भएपछि सहयोग जुटेको हो ।

सो बिद्यालयमा अध्ययन गरेर अमेरिका, जापान लगाएतका बिभिन्न मुलुकमा रहेका पुर्वबिद्यार्थी एवं नेपालकै बिभिन्न ठाँउमा काम गरिहेका पुर्व बिद्यार्थीले सहयोग रकम संकलन गरेका हुन् । यसै गरी अन्य जिल्लाका बासिन्दाले पनि सहयोग गरेका छन् । हाल सम्म ८ लाख रकम जुटेको बिद्यालयका प्रधानाध्यापक पवन गिरीले बताउनुभयो । अझै पनि सहयोगी दाताहरुले सहयोग गर्ने इच्छा प्रकट गरेको प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो । वडापालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।