पश्चिम नवलपरासीमा ट्रकको ठक्करले एकको मृत्यु एक गम्भिर घाइते ।

प्रकाशित मिति:

गणेश प्रसाद न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीको सुक्रौलीमा आज विहान ट्रकले एक मोटसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन । परासी भैरहवा सडकखण्ड अन्र्तगत रामग्राम नगरपालिकाको वडा नम्बर १५ सुक्रौलीको हुलाकी सडकखण्डमा उक्त दुघटना भएको हो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ९५८१ नम्बरको ट्कले विपरित दिशाबाट आउदै गरेको लु ४१ प ५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ । घाइते भएका मध्य मोटरसाइकल चालक पाल्हीनन्दन गाउपालिकाको वडा नम्बर ४ बैरिहवा बस्ने बर्ष २२ को सुवन हरिजनलाई उपचारको लागी लुम्बीनी सिटी अस्पताल बुटवलमा लैजादा गर्दा अस्पतालले निजलाई मृत घोषणा गरेको छ । अर्का घाइते मोटरसाइकलको पछाडी सवार रहेको रुपन्देही जिल्लाको रोहीणी गाउपालिका वडा नम्बर ४ बस्ने बर्ष १८ का अवतार हरिजनको घुडामुनी पुरै फ्याक्चर भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । घाइते हरिजनको हाल लूम्बीनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । ठक्कर दिने ट्रक र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपारसीको नियन्त्रणमा रहेको जिल्ला प्रहरीले जनाएको छ ।