भीरकोटका ६ विद्यालयका कक्षा स्थगन

प्रकाशित मिति:

चुत्र महत – भीरकोट, नयाँ शैक्षिक शत्र शुरु भए संगै भीरकोट नगरपालिकाका ६ सामुदायीक विद्यालयका कक्षा स्थगन कक्षा कटौती गरीएको छ । स्थानीय तहको निर्वाचन भएर आए पछी शिक्षाको क्ष्ोत्रमा फड्को मार्दै आएको भीरकोटले विद्यालय शिक्षा १—१२ कक्षा स्थानीय तहको अधिकार भित्र आए संगै सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागी विद्यालयका कक्षा स्थगन तथा कक्षा कटौती गरीएको छ ।
६ सामुदायीक विद्यालयको कक्षा स्थगन तथा २ सामुदायीक विद्यालयको कक्षा कटौती गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेम प्रसाद आर्चायले वताए । आर्चायका अनुसार कक्षा स्तगन हुनेमा पशुपती आधारभुत विद्यालय भीरकोट ५,थालेखर्क आधारभुत विद्यालय भीरकोट ५,मोहोनी आधारभुत विद्यालय भीरकोट ८,वालज्योती आधारभुत विद्यालय भीरकोट ६, कालिका वालहित आधारभुत विद्यालय भीरकोट ४ र छाङ्छाङ्दी आधारभुत विद्यालय भीरकोट ४ रहेका छन् ।

सरस्वती आधारभुत विद्यालय र रानीरह आधारभुत विद्यालयमा १—५ कक्षा संचालन भएको थियो भने अहिले कक्षा कटौती गरी १—३ सम्म कक्षा संचालनमा आएको आर्चायले वताए । विद्यार्थी विद्यालयमा भर्ना हुन नआएको,अभिभावकहरु वजार झरी वसोवास गर्ने र विद्यार्थीको सख्यामा कमी आएको कारण कक्षा स्थगन तथा कक्षा कटौती गरीएको हो । भीरकोट नगरप्रमुख छायाराम खनालले “विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् उनीहरुमा गरीएको लगानीको प्रतिफल वारम्वार र दिगो रुपमा प्राप्त भैरहने र अध्ययनमा गरीएको लगानी खेर नजाने भन्दै शिक्षामा गुणस्तर, ुशिप मुलक शिक्षा प्रदानको लागी नगरपालिकाले जुन सुकै मूल्य चुकाउन पनी पछी नपर्ने वताउनु भयो” । “अभिभावकहरुको सामुदायीक विद्यालय प्रती हेर्ने आँखा र विचारमा परीवर्तनका लागी शिक्षामा आमुल परीवर्तन ल्याई उपलब्ध स्रोत र साधनको अत्याधिक उपयोग गर्दे, केही समय पछी सवैले आफ्ना वालवच्चा पढाउनको लागी वोर्डीङ धाउन नपर्ने व्यवस्था मिलाउने भन्दै प्रमुख खनालले वाध्य भएर कक्षा स्तगन तथा कक्षा कटौती गरेको वताए ”।

भीरकोट नगरपालिका भित्र कुल ४५ सामुदायीक विद्यालय रहेकोमा ६ विद्यालयको कक्षा कटौती भएसंगै अव ३९ विद्यालय चालु शैक्षिक शत्रमा संचालनमा रहेका छन् । शिक्षा शाखाका प्रमुख आर्चायका अनुसार भीरकोट नगरपालिकाका ९ वडामा सामुदायीक तर्फ माध्यामिक विद्यालय १२, निमावि तर्फ २ र आधारभुत तर्फ ३१ वटा छन् । त्यस्तै संस्थागत तर्फ मावि ५ र आधारभुत विद्यालय १ वटा रहेको छ भने ३ वटा विद्यालयमा मदरशा पठनपाठन हुने गरेको छ ।
शिक्षा शाखाले आर्थिक वर्ष ०७६÷७७ का लागी नगर कार्यपालिकालाई शैक्षिक गुणस्तर वृद्धीका लागी ४० वँुद्धे योजना सहितको कार्यक्रम प्रस्ताव गरेको छ । नगरले वनाउने नीती तथा कार्यक्रममा समावेश गर्नका लागी वालमंैत्री विद्यालय,दिवा खाजा, छात्राहरु लाई सेनेटरी प्याड,एक विद्यालय एक पुस्तकालय,ई लाईव्रेररी, स्थानीय पाठ्यक्रम निमार्ण आदी जस्ता ६० वुँद्धे प्रश्ताव पेस गरेको शिक्षा शाखा प्रमुख आर्चायले वताए । साथै कक्षा कोठालाई सूचना प्रविधिमैत्रीं वनाउने कार्यक्रम समेत प्रस्तावीत गरेको छ ।