प्रेमज्योती प्राविमा अध्ययनरत बालबालिकाको विमा,नेपालकै पहिलो सामुदायिक विद्यालय भएको दावी

प्रकाशित मिति:

सोम दियाली/ सर्लाही लालबन्दी नगरपालिकाका वडा नम्बर ६ स्थित प्रेमज्योती प्राविमा अध्ययनरत बालबालिकाको विमा गरिएको छ ।वडाले आफ्नो विषयगत बजेट मार्फत सो विद्यालयमा अध्ययनरत बालवालिकाको विमा गराएको हो । प्रेमज्योती प्रावि बालबालिकाको विमा गराउने नेपालकै पहिलो सामुदायिक विद्यालय भएको दावी गरिएको छ ।

वडा कार्यालयले आईएमई जनरल ईन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा विद्यालयका १२६ जना बालवालिकाको विमा गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द आचार्यले बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त बहादुर कार्की नवराजको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मेयर मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर शान्ति लामा विशिष्ट अतिथी रहनु भएको थियो ।

त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कार्की, आईएमई जनरल ईन्स्योरेन्स प्रालिका रामेछाप शाखा प्रमुख विपिन भट्टराई, विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक, शिक्षाप्रेमी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।विद्यालयमा अध्ययन गर्ने बालबालिकाको विमा गरेर वडाले सराहनीय कार्य गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । सामुदायिक विद्यालयमा बालबालिकालाई टिकाई राख्न मुस्किल भई रहेका बेला बालबालिकाको विमा गरिनु निकै नै प्रसंसनीय कार्य भएको बक्ताहरुको भनाई थियो ।