बुटवल । विद्यार्थी भिसामा अध्ययनका लागी बिदेश जान चाहनेहरूका लागी बुटवलमा १ दिने एकेडेमी मेलाको आयोजना गरिएको छ ।
“युनि क्याम्पस ग्लोवल बुटवल परफेक्ट ईयर” नाम दिईएको सो एकेडेमी मेलामा अष्ट्रेलिया, युएसए, युके, क्यानाडा र थाईल्याण्ड गई अध्ययन गर्न चाहने विद्दार्थी भाई बहिनीहरूका लागी करियर काउन्सिलिगं, भिसा सम्बन्धि सम्पूर्ण जानकारी, तथा संस्थाको बार्षिक उत्सवको उपलक्ष्यमा सिमित समयका लागी आई.ई.एल.टि.एस. र पि.टी.ई. अध्ययन तर्फ भारी छुटसहित रू ३ हजार मै पठनपाठन गराइने ब्यवस्था समेत संस्थाले मिलाएको छ ।
काठमाण्डौंबाट झिकाईएका बिशेष काउन्सिलर गौरव पोखरेल, मनिषा श्रेषठ तथा संस्था कै सहायक ब्यवस्थापक सुजन खनाल एंव शाखा बिकाश ब्यवस्थापक लिलामणि न्यौपानेको प्रशिक्षण तथा परामर्शमा सम्पन्न मेलामा यस क्षेत्र वरपरका करीब २०० बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । मेलाको आयोजना युनि क्याम्पस ग्लोबल बुटवलले गरेको हो ।












