कलेजका १ विद्यार्थी मृत भेटिएपछी ….

प्रकाशित मिति:

काठमाडौं – बौद्धको जेभियर्स इन्टरनेश्नल कलेजका एक जना विद्यार्थी मृत भेटिएका छन् । शैक्षिक भ्रमणका क्रममा कुलेखानी गएका वेला ३० जेठदेखि बेपत्ता तेह्रथुमका २४ वर्षीय स्वराम भेटवालको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले चार दिनपछि मार्फू नजिकै खोलामा डुबेको अवस्थामा उनको शव भेटिएको बताए ।

प्रहरीका अनुसार कलेजमा ‘ब्याचलर इन सोसियल वर्क’ पढ्ने भेटवालसहित ६१ जनाको समूह शैक्षिक भ्रमणमा निस्किएको थियो । फर्किने क्रममा केही विद्यार्थी मार्फूमा झरेका थिए ।

‘मार्फूमा ओर्लिएर उनीहरु पौडी खेल्न नदीमा पसेको देखिएको छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘त्यतिवेलै उनी नदीमा डुबेको हुनसक्ने देखिएको छ ।’ मृतकका आफन्तले कलेज प्रशासनको लापरबाही भएको भन्दै सत्य, तथ्य छानविनको माग गरेका छन् । अहिले दुवै पक्षको छलफलपछि भेटवालको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ । – अनलाइनखबर